National life

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा र प्रतिसेयर आम्दानीमा वृद्धि, यस्तो छ वित्तीय अवस्था

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ साउन २०८१, सोमबार
768Shares
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा र प्रतिसेयर आम्दानीमा वृद्धि, यस्तो छ वित्तीय अवस्था
ncell

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले प्रस्तुत गरेको चालु आर्थिक वर्षको चौथो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफामा ठुलो मात्रामा बृद्धि भएको छ ।

चौथो त्रैमासको अवधिमा कम्पनीले ६१ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५६.६७ प्रतिशतले बढि हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २३ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले १ अर्ब ४१ करोड ७२ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ९०.५६ प्रतिशतले बढि हो । त्यस्तै कुल आम्दानी समीक्षा अवधिमा ८९.६३ प्रतिशतले बढेको छ भने कुल खर्च ६४.४३ प्रतिशतले बढेको छ। त्यस्तै कुल दाबी भुक्तानी ६४.१२ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानीमा बृद्धि भएर २० रुपैयाँ २१ पैसा पुगेको छ। असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात २७.६१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ७० पैसा रहेको छ।

त्यस्तै, ३ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडा १ अर्ब ७२ करोड रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा ८ करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३४ करोड ६२ लाख रुपैयाँ र अन्य इक्विटीमा ५० करोड ३३ लाख रुपैयाँ रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
768SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?