National life

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांश कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० माघ २०८१, बुधबार
694Shares
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांश कति ?
ncell

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश प्रस्ताव सहित साधारण सभा आह्वान गरेको छ ।

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारण सभा आउँदो फागुन २५ गते आयोजना गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार ६३९.२० रुपैयाँको कुल ९.७३६८ प्रतिशतले हुन आउने २९ करोड ४९ लाख ६१ हजार ५३०.७० रुपैयाँ बराबरको नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै सभाले स्वतन्त्र सञ्चालकको समेत नियुक्त गर्नेछ । सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ ।

लाभांश र वार्षिक साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
694SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?