National life

एक वर्षमा ५८ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता, आईटी क्षेत्रमा सबैभन्दा धेरै परियोजना

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|०३ साउन २०८३, आइतबार
1.5kShares
एक वर्षमा ५८ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता, आईटी क्षेत्रमा सबैभन्दा धेरै परियोजना
ncell

काठमाडौं - आर्थिक वर्ष २०८२/८३ मा नेपालले ५८ अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त गरेको छ।

उद्योग विभागका अनुसार उक्त अवधिमा कुल ५८ अर्ब १ करोड ८५ लाख ३०५ रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको हो। स्वचालित (अटोमेटिक) मार्ग र स्वीकृत (अप्रुभ्ट) मार्गमार्फत गरी १ हजार ११६ वटा परियोजनाका लागि लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

विभागका अनुसार स्वचालित मार्गबाट ८९७ परियोजनाका लागि ९ अर्ब ५८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ भने स्वीकृत मार्गमार्फत २१९ परियोजनाका लागि ४८ अर्ब ४१ करोड ६६ लाख ३ हजार २५ रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ।

क्षेत्रगत रूपमा सूचना प्रविधि (आईटी) क्षेत्रमा सबैभन्दा धेरै परियोजना दर्ता भएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आईटी क्षेत्रमा ७२७ परियोजना रहेका छन् भने लगानी प्रतिबद्धता भने २ अर्ब ८३ करोड रुपैयाँ रहेको छ।

रकमका आधारमा कृषि क्षेत्रले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ। कृषिमूलक क्षेत्रमा १८ परियोजनाका लागि २३ अर्ब १८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

त्यस्तै, पर्यटन क्षेत्रमा २२७ परियोजनाका लागि १३ अर्ब ९९ करोड रुपैयाँ, ऊर्जा क्षेत्रमा ४ परियोजनाका लागि ७ अर्ब १६ करोड रुपैयाँ र उत्पादनमूलक क्षेत्रमा ६३ परियोजनाका लागि ३ अर्ब ९१ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ।

उद्योग विभागले वैदेशिक लगानी प्रतिबद्धताले नेपालका कृषि, पर्यटन, ऊर्जा, उत्पादन तथा सूचना प्रविधि क्षेत्रमा विदेशी लगानीकर्ताको चासो निरन्तर रहेको देखाएको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?