National life

फागुनमा मात्रै १७ अर्ब ७९ करोड रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता, पर्यटन क्षेत्रमा उच्च मोह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ चैत २०८१, सोमबार
844Shares
फागुनमा मात्रै १७ अर्ब ७९ करोड रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता, पर्यटन क्षेत्रमा उच्च मोह
ncell

काठमाडौँ। चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालमा साढे ४४ अर्ब रुपैयाँ बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ ।

साउनदेखि फागुनसम्मको अवधिमा विभागको प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट ४१ अर्ब ९० करोड तथा स्वचालित प्रणालीबाट २ अर्ब ७५ करोड गरी कुल ४४ अर्ब ६६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो।

उद्योग विभागका अनुसार ४२७ उद्योगका लागि सो उल्लेखित रकम बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो।

८ महिनामा २३३ उद्योगका लागि ४१ अर्ब ९० करोड ३४ लाख ७६ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, यस अवधिमा स्वचालित प्रणालीबाट १९४ उद्योगका लागि २ अर्ब ७५ करोड ६८ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

चालु आवको ८ महिनाको अवधिमा सेयर पर्चेज एग्रीमेन्ट ९एसपीए० र सेयर सब्सक्रिप्सन एग्रीमेन्ट ९एसएसए० मार्फत ३२ उद्योगका लागि १ अर्ब ९४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । भने ४६ वटा उद्योगका लागि टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट (टीटीए) स्वीकृत भएको उल्लेख छ ।

उद्योग विभागका अनुसार हालसम्म ६ हजार ८२५ उद्योगका लागि कुल ५ खर्ब ६४ अर्ब ४० करोड रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको छ। जस अनुसारस्वचालित प्रणालीबाट ३३३ उद्योगका लागि १० अर्ब ८७ करोड ३१ लाख रुपैयाँ तथा स्वीकृति प्रणालीबाट ६ हजार ४९२ उद्योगका लागि ५ खर्ब ५३ अर्ब ५२ करोड ९७ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

चालु आर्थिक वर्षको ८ महिनामा करिब ४२७ वटा उद्योगका लागि विदेशी लथानी प्रतिबद्धता प्राप्त भएकोमा पर्यटन क्षेत्रमा १८० वटा उद्योगहरूका लागि १७ अर्ब ९० करोड ७५ लाख ९० हजार बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो ।

यस्तै सेवा क्षेत्रका ५४ वटा उद्योगका लागि २२ अर्ब ३६ करोड ३७ लाख ३० हजार लगानी प्रतिबद्धता प्राप्त भएको छ। सूचना प्रविधि क्षेत्रमा १५४ वटा उद्योगका लागि ९५ करोड ५० लाख ३२ हजार लगानी आएको छ।

उद्योग विभागको तथ्यांक अनुसार उत्पादन क्षेत्रका ३० वटा उद्योगका लागि २ अर्ब ६३ करोड २० लाख ५० हजार रुपैयाँ, कृषिका ७ वटा उद्योगका लागि ७६ करोड १० लाख, पूर्वाधार क्षेत्रको १ उद्योगका लागि १० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

साथै, चालु आर्थिक वर्षको फागुन महिनामा मात्रै ४० उद्योगका लागि १७ अर्ब ७९ करोड ८६ लाख ४० हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । जसमध्ये प्रमाणीकरण ९स्वीकृति० प्रणालीबाट २१ उद्योगका लागि १७ अर्ब ६७ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । त्यस्तै, स्वचालित प्रणालीबाट १९ उद्योगका लागि १२ करोड ८६ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
844SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?