National life
cg eloctronics

७ महिनामै ४० अर्ब वैदेशिक लगानी प्रतिबद्धता, सबैभन्दा बढी आकर्षण कुन क्षेत्रमा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०४ फागुन २०८२, सोमबार
1.6kShares
७ महिनामै ४० अर्ब वैदेशिक लगानी प्रतिबद्धता, सबैभन्दा बढी आकर्षण कुन क्षेत्रमा ?
muktinatha bikash bank

काठमाडौं । उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा ४० अर्ब रुपैयाँभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता आएको छ। साउनदेखि माघ मसान्तसम्मको अवधिमा ५२४ परियोजनामार्फत ४० अर्ब २८ करोड ३३ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (FDI) प्रतिबद्धता प्राप्त भएको हो।

विभागका तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा ठूलो हिस्सा कृषि क्षेत्रमा परेको छ। कृषिसम्बन्धी १४ परियोजनामा २१ अर्ब ९० करोड ८० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ, जुन कुल प्रतिबद्धताको आधाभन्दा बढी हो। पर्यटन क्षेत्रमा १५० परियोजनामार्फत १० अर्ब ८६ करोड २० लाख रुपैयाँ प्रतिबद्धता आएको छ भने उत्पादनमूलक ३५ परियोजनामा २ अर्ब ४० करोड ६६ लाख ४४ हजार रुपैयाँ लगानी आउने प्रतिवद्धता गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, सेवामूलक ३४ परियोजनामा ३ अर्ब ५४ करोड ८० लाख रुपैयाँ र सूचना प्रविधि (आईटी) क्षेत्रका २८८ परियोजनामा १ अर्ब २५ करोड ९४ लाख ३६ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ। यसैगरी, दुई खनिजजन्य परियोजनामा ११ करोड ५० लाख रुपैयाँ र एक ऊर्जामूलक परियोजनामा १८ करोड ४२ लाख ५० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

माघ मसान्तसम्म अटोमेटिक रुटमार्फत ३ अर्ब २५ करोड रुपैयाँ र अप्रुभल (स्वीकृति) रुटमार्फत ३७ अर्ब ३ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब साढे १३ अर्ब रुपैयाँ बढी हो। गत आर्थिक वर्षको माघ मसान्तसम्म २६ अर्ब ८४ करोड १७ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको थियो। समीक्षा अवधिसम्म वैदेशिक लगानीका कुल ५२५ उद्योग दर्ता भएको विभागले जनाएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?