National life
cg eloctronics

नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित हुने आईएमएफको प्रक्षेपण

आईएमएफको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर घट्ने, २०२६ मा ३.६ प्रतिशत मात्रै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२७ असोज २०८३, मङ्गलबार
330Shares
नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित हुने आईएमएफको प्रक्षेपण
ncell

काठमाडौं । नेपालको आर्थिक वृद्धिदर थप सुस्त हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को प्रक्षेपणले देखाएको छ । कोषले सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्यसम्बन्धी प्रतिवेदनअनुसार सन् २०२६ मा नेपालको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ३.६ प्रतिशतमा सीमित हुनेछ ।

प्रतिवेदनअनुसार सन् २०२७ मा भने सामान्य सुधार हुँदै वृद्धिदर ३.७ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । यसले नेपालको अर्थतन्त्रले अपेक्षित गति लिन नसक्ने संकेत गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भारत र भुटानको आर्थिक वृद्धि ७ प्रतिशत

नेपालको आर्थिक वृद्धिदर छिमेकी मुलुक भारत र भुटानको तुलनामा निकै कम रहने आईएमएफको अनुमान छ । सन् २०२६ मा भारत र भुटान दुवैको आर्थिक वृद्धिदर ७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।

त्यस्तै, बंगलादेशको आर्थिक वृद्धिदर ३.६ प्रतिशत र श्रीलंकाको ४ प्रतिशत रहने अनुमान छ । पर्यटनमा निर्भर माल्दिभ्सको वृद्धिदर भने १ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ ।

एसियाका अन्य अर्थतन्त्रतर्फ भियतनामको आर्थिक वृद्धिदर ८.४ प्रतिशत रहने अनुमान छ । चीनको वृद्धिदर ४.५ प्रतिशत, इन्डोनेसियाको ५.१ प्रतिशत, मलेसियाको ५.२ प्रतिशत र सिङ्गापुरको ५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।

नेपालमा मूल्यवृद्धि घट्ने, अर्को वर्ष फेरि बढ्ने अनुमान

आर्थिक वृद्धिको गति सुस्त रहने अनुमान गरिए पनि नेपालमा मूल्यवृद्धिको दबाब भने सन् २०२६ मा कम हुने देखिएको छ । आईएमएफका अनुसार सन् २०२५ मा नेपालको औसत उपभोक्ता मूल्यवृद्धि ४.१ प्रतिशत रहने अनुमान गरिएकोमा सन् २०२६ मा घटेर ३.१ प्रतिशतमा झर्नेछ ।

nic asia capital

तर सन् २०२७ मा मूल्यवृद्धि पुनः बढेर ५.८ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । यसले आगामी वर्ष महँगी केही कम भए पनि त्यसपछिको वर्षमा पुनः दबाब बढ्न सक्ने देखाउँछ ।

क्षेत्रीय तुलना गर्दा म्यानमारमा सन् २०२६ को मूल्यवृद्धि २० प्रतिशत पुग्ने अनुमान छ । मंगोलियामा ११ प्रतिशत, लाओसमा ९.२ प्रतिशत र बंगलादेशमा ८.७ प्रतिशत मूल्यवृद्धि हुने प्रक्षेपण गरिएको छ ।

चालु खाता बचत १३.९ प्रतिशत पुग्ने प्रक्षेपण

आईएमएफले नेपालको बाह्य क्षेत्रको अवस्थालाई तुलनात्मक रूपमा अनुकूल देखाएको छ । प्रतिवेदनअनुसार कुल गार्हस्थ्य उत्पादनको अनुपातमा नेपालको चालु खाता बचत सन् २०२५ मा ६.६ प्रतिशत रहने अनुमान गरिएकोमा सन् २०२६ मा बढेर १३.९ प्रतिशत पुग्नेछ ।

तर सन् २०२७ मा यस्तो बचत घटेर २ प्रतिशतमा सीमित हुने प्रक्षेपण छ । यसले बाह्य क्षेत्रको बचतमा वर्षअनुसार ठूलो उतारचढाव आउन सक्ने देखाउँछ ।

क्षेत्रीय रूपमा मकाउको चालु खाता बचत कुल गार्हस्थ्य उत्पादनको ३९.८ प्रतिशत पुग्ने अनुमान गरिएको छ । ब्रुनाईमा २३.७ प्रतिशत, ताइवानमा २२ प्रतिशत, दक्षिण कोरियामा १८.८ प्रतिशत र सिङ्गापुरमा १६.७ प्रतिशत बचत रहने प्रक्षेपण गरिएको छ ।

यसको विपरीत टिमोर–लेस्टेमा चालु खाता घाटा ३८.५ प्रतिशत पुग्ने अनुमान छ । माल्दिभ्समा १८.६ प्रतिशत र भुटानमा १६.३ प्रतिशत घाटा रहने प्रक्षेपण गरिएको छ ।

चीनको वृद्धिदर पनि घट्ने अनुमान

आईएमएफका अनुसार चीनको आर्थिक वृद्धिदर पनि क्रमशः घट्नेछ । सन् २०२५ मा ५ प्रतिशत रहने अनुमान गरिएको चीनको वृद्धिदर सन् २०२६ मा ४.५ प्रतिशत र सन् २०२७ मा ४ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ ।

त्यस्तै, जापानको आर्थिक वृद्धिदर सन् २०२६ र २०२७ दुवै वर्ष ०.७ प्रतिशत रहने अनुमान छ । दक्षिण कोरियाको वृद्धिदर भने सन् २०२५ को १.१ प्रतिशतबाट बढेर सन् २०२६ मा ३.३ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।

समग्रमा आईएमएफको प्रक्षेपणले नेपालमा मूल्यवृद्धि नियन्त्रण र बाह्य क्षेत्रको बचतमा अनुकूलता देखिए पनि आर्थिक विस्तारले अपेक्षित गति लिन नसक्ने संकेत गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
330SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?