National life

मध्यपूर्व तनाव बढेपछि तेलको मूल्यमा उछाल, एकैदिन करिब ४% ले वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|२९ असार २०८३, सोमबार
878Shares
मध्यपूर्व तनाव बढेपछि तेलको मूल्यमा उछाल, एकैदिन करिब ४% ले वृद्धि
ncell

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सोमबार उल्लेख्य रूपमा बढेको छ। इरानले खाडी क्षेत्रका देशहरूमाथि आक्रमण विस्तार गरेपछि तथा अमेरिकाले इरानमाथि थप सैन्य कारबाही गरेपछि ऊर्जा आपूर्ति मार्गमा जोखिम बढेसँगै तेलको भाउमा दबाब परेको हो ।

यतिबला ब्रेन्ट क्रुडको मूल्य ३.८८ प्रतिशतले बढ्दै प्रतिब्यारेल ७८.९६ डलरमा कारोबार भईरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै डब्लूटीआई क्रुडको मूल्य पनि ३.९४ प्रतिशतले उकालो लाग्दै प्रतिब्यारेल ७४.२२ डलर पुगेको छ ।

गत साताको अन्त्यमा इरानले कतार र यूएई लगायतका खाडी मुलुकतर्फ आक्रमण विस्तार गरेको थियो भने अमेरिकाले इरानमाथि थप आक्रमण गरेको थियो। यसले विश्वको प्रमुख उर्जा ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ हर्मुज हुँदै हुने तेल आपूर्तिमाथि थप अनिश्चितता सिर्जना गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज व्यावसायिक जहाजका लागि खुला रहेको बताएका छन्। तर इरानले यसअघि उक्त मार्ग बन्द गरिएको दाबी गरेको थियो। जहाज ट्र्याकिङ तथ्यांकअनुसार आइतबार उक्त जलमार्ग हुँदै केवल ६ वटा जहाज गुज्रिएका थिए, जुन पछिल्लो पाँच सातामै सबैभन्दा कम संख्या हो।

बढ्दो सैन्य तनावले अमेरिका–इरानबीच भएको अस्थायी सहमतिमाथि पनि प्रश्न उठाएको छ। उक्त सहमतिले स्ट्रेट अफ हर्मुज पुनः सञ्चालन गर्ने र थप ६० दिनको वार्तामार्फत द्वन्द्व अन्त्य गर्ने लक्ष्य राखेको थियो।

यो समाचार शेयर गर्नुहोस्
878SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?