National life

''इन्धन मूल्यमा दोहोरो मापदण्ड: भाउ बढ्दा तुरुन्त, घट्दा किन ढिला ?''

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ आम नागरिकले पाउनुपर्ने उनको भनाइ छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१२ असार २०८३, शुक्रबार
1.3kShares
''इन्धन मूल्यमा दोहोरो मापदण्ड: भाउ बढ्दा तुरुन्त, घट्दा किन ढिला ?''
ncell

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घट्दा पनि नेपालमा इन्धनको मूल्य नघटाइएको भन्दै सरकार र नेपाल आयल निगमको आलोचना गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले कच्चा तेलको मूल्य उच्च बिन्दुबाट झरेर उल्लेख्य गिरावट आइसकेको अवस्थामा पनि नेपाली उपभोक्ताले पुरानै महँगो दरमा इन्धन किन्न बाध्य हुनु दुःखद् भएको बताएका छन्। अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ आम नागरिकले पाउनुपर्ने उनको भनाइ छ।

आयल निगमले प्रशोधित तेल खरिद गर्ने भएकाले मूल्य तुरुन्तै समायोजन गर्न नसकिने तर्क प्रस्तुत गर्ने गरेको उल्लेख गर्दै पौडेलले यस्तो व्याख्या लामो समयसम्म स्वीकार्य नहुने बताएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कच्चा तेलको मूल्य घट्दा प्रशोधित तेलको लागतमा पनि त्यसको प्रभाव पर्ने उनको दाबी छ।

उनले समयमै मूल्य समायोजन नगर्नु, तथ्य सार्वजनिक नगर्नु तथा पारदर्शिताको अभाव देखिनु व्यवस्थापकीय कमजोरीको संकेत भएको बताएका छन्। साथै, स्वचालित मूल्य प्रणाली लागू गरी नियमित रूपमा मूल्य घटबढ गरिनुपर्नेमा वृद्धि हुँदा मात्र तत्काल लागू हुने तर घट्दा ढिलाइ हुने प्रवृत्तिप्रति उनले असन्तुष्टि जनाएका छन्।

पौडेलले घाटा हुँदा उपभोक्ताले महँगो मूल्य तिरेर सहयोग गर्ने तर सस्तो हुँदा राहत नपाउने अवस्था अन्यायपूर्ण भएको टिप्पणी गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?