National life
cg eloctronics

कास्कीमा डेढ करोड लगानीमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र सञ्चालन

max lubricant tata
Aarthik voice
Aarthik voice
७ दिन अगाडि|०४ मंसिर २०८३, शुक्रबार
1.5kShares
कास्कीमा डेढ करोड लगानीमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र सञ्चालन
muktinatha bikash bank

काठमाडौं: कास्कीको माछापुच्छ्रे गाउँपालिका-५ रिभानस्थित मैँचेडाँडामा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ। पोखरामा व्यावसायिक प्याराग्लाइडिङ उडान सुरु भएको करिब तीन दशकपछि दक्ष पाइलट उत्पादन गर्ने उद्देश्यले जिल्लामा पहिलोपटक यस्तो स्कुल स्थापना गरिएको हो।

एरोडाइनामिक प्याराग्लाइडिङ प्रालिले गाउँपालिकासँगको सहकार्यमा सञ्चालनमा ल्याएको सो स्कुलमा विजय गौतम, विष्णु गौतम, किरण कार्की र अमृत अधिकारीले एक करोड ५० लाख रुपैयाँ लगानी गरेका छन्। प्रशिक्षण केन्द्रले १५ दिने प्रारम्भिक तालिमदेखि इन्टरमिडियट, क्रस कन्ट्री तथा टेन्डमका टी-वान र टी-टु तहसम्मको तालिम प्रदान गर्नेछ। सञ्चालक विजय गौतमका अनुसार एक सत्रमा छ जनालाई प्रशिक्षण दिने व्यवस्था मिलाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

नेपाल हवाई खेलकुद संस्थाका पूर्वअध्यक्ष कृष्ण भण्डारीका अनुसार हाल पोखरामा ५४ प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा छन्। हालसम्म ४०० जनाले पाइलटको लाइसेन्स लिएकामा २५० जना विभिन्न कम्पनीमा कार्यरत छन्।

समुद्री सतहबाट एक हजार ६८० मिटर उचाइमा रहेको मैँचेडाँडाबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलासहित पोखरा उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ। यो प्रशिक्षण केन्द्र सञ्चालनमा आएसँगै स्थानीय पर्यटन, रोजगारी र आर्थिक गतिविधिमा सुधार आउने अपेक्षा गरिएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?