National life
cg eloctronics

श्रम विभागमार्फत भदौ मसान्तसम्म २ करोड ८३ लाखभन्दा बढी पारिश्रमिक भुक्तानी

युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग तथा श्रम कार्यालयहरूले आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्म २ करोड ८३ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी गराएका छन्।

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|०२ असोज २०८३, शुक्रबार
1.7kShares
श्रम विभागमार्फत भदौ मसान्तसम्म २ करोड ८३ लाखभन्दा बढी पारिश्रमिक भुक्तानी
muktinatha bikash bank

काठमाडौं - युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग तथा श्रम कार्यालयहरूले आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्म २ करोड ८३ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी गराएका छन्।

भदौ महिनामा दर्ता भएका उजुरी, मेलमिलाप तथा विभागको निर्देशनबाट १ करोड ४३ लाख १२ हजार ३८७ रुपैयाँ ५० पैसा बराबरको रोकिएको पारिश्रमिक भुक्तानी गराइएको छ।

त्यसैगरी, श्रमिक र प्रतिष्ठानबीचको आपसी सहमतिबाट भदौ महिनामा ५५ लाख ५७ हजार ७३५ रुपैयाँको भुक्तानी फर्छ्यौट भएको छ।

समीक्षा अवधिमा १४८ वटा व्यक्तिगत र ३ वटा सामूहिक दाबी उजुरी दर्ता भएका छन् भने ६३ वटा श्रम विवाद समाधान गरिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

श्रम कानुनको पालना सुनिश्चित गर्न विभाग तथा अन्तर्गतका श्रम कार्यालयहरूबाट भदौ महिनामा २४८ वटा प्रतिष्ठानको श्रम निरीक्षण र २४४ वटा प्रतिष्ठानमा बालश्रम निरीक्षण गरिएको छ। भदौ मसान्तसम्म कुल ६१९ वटा प्रतिष्ठान निरीक्षण र ५९५ वटा बालश्रम निरीक्षण सम्पन्न भइसकेका छन्।

सोही अवधिमा ३८६ वटा श्रम अडिट प्रतिवेदन प्राप्त भएका छन्। भदौ महिनामा प्रतिष्ठानस्तरका ३ वटा नयाँ ट्रेड युनियन दर्ता र १८ वटाको नवीकरण गरिएको छ।

everest bank

त्यस्तै, श्रमिक आपूर्तिकर्ता (सप्लाई कम्पनी) इजाजतपत्रतर्फ ५ वटा नयाँ इजाजतपत्र प्रदान र ४७ वटाको नवीकरण गरिएको छ।

अघिल्लो महिनामा १ वटा औद्योगिक दुर्घटना दर्ता भएको छ। विभागले सेवाग्राहीलाई ‘पहिलो आउनेलाई पहिलो सेवा’ (फर्स्ट कम, फर्स्ट सर्भ) को आधारमा मर्यादित रूपमा सेवा प्रदान गरिरहेको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?