National life

दुई महिनामा भित्रियो झन्डै १० अर्बको स्मार्टफोन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ घण्टा अगाडि|२२ असोज २०८३, बिहिबार
428Shares
दुई महिनामा भित्रियो झन्डै १० अर्बको स्मार्टफोन
ncell

काठमाडौँ- चालु आर्थिक वर्षको पहिलो दुई महिनामा स्मार्टफोनको आयात परिमाण १४.४७ प्रतिशतले घटे पनि आयात रकम भने ९.८१ प्रतिशतले बढेको छ। यसले नेपाली उपभोक्ताको रोजाइ महँगा स्मार्टफोनतर्फ बढ्दै गएको देखाएको छ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालले चार लाख ३५ हजार ४० वटा स्मार्टफोन आयात गरेको छ। ती फोनको कुल मूल्य नौ अर्ब ७४ करोड रुपैयाँ रहेको छ। यसबाट सरकारले एक अर्ब ८१ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा नेपालले पाँच लाख आठ हजार ६ सय ९३ वटा स्मार्टफोन आयात गरेको थियो। ती स्मार्टफोनको कुल मूल्य आठ अर्ब ८७ करोड रुपैयाँ थियो।

आयातको परिमाण घटे पनि मूल्य बढ्नुको मुख्य कारण आयातित स्मार्टफोनको औसत मूल्यमा भएको तीव्र वृद्धि हो। आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा एउटा स्मार्टफोनको औसत आयात मूल्य करिब १७ हजार चार सय ४३ रुपैयाँ रहेकामा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २२ हजार तीन सय ८९ रुपैयाँ पुगेको छ। अर्थात् औसत मूल्य करिब २८.३ प्रतिशतले बढेको छ।

चीनबाट सबैभन्दा धेरै आयात

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आयात भएको छ। चीनबाट सात अर्ब नौ करोड रुपैयाँ बराबरका तीन लाख ६५ हजार पाँच सय ४५ वटा स्मार्टफोन आयात भएका छन्।

त्यसपछि भारतबाट दुई अर्ब ४१ करोड रुपैयाँ बराबरका ५७ हजार चार सय ४१ वटा स्मार्टफोन आयात भएका छन्।

नेपाली बजारमा साओमी, अनर, रेड्मी, ओप्पो, भिभो र टेक्नो लगायत चिनियाँ मोबाइल ब्रान्ड लोकप्रिय छन्।

एक वर्षमै करिब ४९ अर्बको मोबाइल आयात

आर्थिक वर्ष २०८२/८३ मा नेपालले ४८ अर्ब ६९ करोड रुपैयाँ बराबरका २२ लाख ६७ हजार चार सय १९ वटा स्मार्टफोन आयात गरेको थियो। त्यसबाट सरकारले करिब नौ अर्ब आठ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको थियो।

आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा स्मार्टफोनको आयात परिमाण ३.७९ प्रतिशत र मूल्य ३६.९९ प्रतिशतले बढेको थियो। आर्थिक वर्ष २०८१/८२ मा नेपालले ३५ अर्ब ५४ करोड रुपैयाँ बराबरका २१ लाख ८४ हजार ६ सय ९४ वटा स्मार्टफोन आयात गरेको थियो।

nic asia capital

त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा २८ अर्ब ६६ करोड रुपैयाँ बराबरका १८ लाख ३९ हजार ३५ वटा स्मार्टफोन आयात भएका थिए। आर्थिक वर्ष २०७९/८० मा २४ अर्ब ३९ करोड रुपैयाँ बराबरका १५ लाख ६९ हजार पाँच सय ९६ वटा स्मार्टफोन आयात भएका थिए।

आर्थिक वर्ष २०८२/८३ मा पनि नेपालको स्मार्टफोन आयात बजारमा चीन र भारतकै वर्चस्व कायम थियो। चीनबाट ३६ अर्ब ७९ करोड रुपैयाँ बराबरका १८ लाख ८९ हजार ६ सय ६४ वटा तथा भारतबाट १० अर्ब ९९ करोड रुपैयाँ बराबरका तीन लाख ६४ हजार आठ सय ४२ वटा स्मार्टफोन आयात भएका थिए।

यो समाचार शेयर गर्नुहोस्
428SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?