National life
cg eloctronics

ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ दिन अगाडि|१० मंसिर २०८३, बिहिबार
1.1kShares
ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी
muktinatha bikash bank

काठमाडौं । सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुरूप नयाँ ऊर्जा मिश्रण (इनर्जी मिक्स) नीति तयार गर्ने प्रक्रिया अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् उत्पादनका विभिन्न स्रोतको हिस्सा निर्धारण गर्ने गरी नयाँ ढाँचा तयार गर्न लागेको हो।

नयाँ ऊर्जा मिश्रणको ढाँचा तयार भएपछि लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया पुनः सञ्चालन गर्ने बाटो खुल्ने अपेक्षा गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

मन्त्रालयले तयार गरिरहेको नयाँ ढाँचामा नदी प्रवाही (आरओआर), अर्धजलाशययुक्त (पीआरओआर), जलाशययुक्त, पम्प स्टोरेज, सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतबाट उत्पादन हुने विद्युत्को अनुपात निर्धारण गरिनेछ। यसले आगामी दशकमा मुलुकलाई कुन प्रकृतिका आयोजना कति आवश्यक पर्छन् भन्ने आधार तय गर्नेछ।

हाल नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता करिब ४ हजार २०० मेगावाट पुगेको छ। उत्पादनको ठूलो हिस्सा नदी प्रवाही जलविद्युत् आयोजनाबाट प्राप्त भइरहेको छ। यस्ता आयोजनाबाट वर्षायाममा बढी र हिउँदमा कम विद्युत् उत्पादन हुने भएकाले मौसमी असन्तुलन व्यवस्थापन गर्न ऊर्जा स्रोतको विविधीकरण आवश्यक देखिएको छ।

everest bank

यसअघि १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यलाई आधार मानेर ऊर्जा मिश्रण निर्धारण गरिएको थियो। तर सरकारले अहिले ३० हजार मेगावाट उत्पादनको लक्ष्य अघि सारेपछि पुरानो अनुपातले दीर्घकालीन ऊर्जा आवश्यकता पूरा गर्न नसक्ने निष्कर्षसहित नयाँ ढाँचा तयार गर्न लागिएको हो।

सन् २०१६ मा जारी राष्ट्रिय ऊर्जा संकट निवारण नीति तथा विद्युत् विकास दशक (२०१६–२०२६) ले पहिलोपटक विभिन्न स्रोतबाट विद्युत् उत्पादन गर्ने अनुपात निर्धारण गरेको थियो। उक्त नीतिमा जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनालाई ४० देखि ५० प्रतिशत र अर्धजलाशययुक्त आयोजनालाई १५ देखि २० प्रतिशत हिस्सा दिने लक्ष्य राखिएको थियो।

पछि १५ हजार मेगावाट उत्पादन लक्ष्यअनुसार तयार गरिएको ऊर्जा मिश्रणमा जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनाको हिस्सा ३० देखि ३५ प्रतिशत, नदी प्रवाही आयोजनाको २५ देखि ३० प्रतिशत, अर्धजलाशययुक्त आयोजनाको ३० देखि ३५ प्रतिशत र अन्य वैकल्पिक ऊर्जाको ५ देखि १० प्रतिशत कायम गरिएको थियो। सौर्य ऊर्जाका लागि पनि करिब १० प्रतिशत हिस्सा प्रस्ताव गरिएको थियो।

२०७९ असारमा मन्त्रिपरिषद्ले नदी प्रवाही आयोजनाको हिस्सा बढाएर ४० देखि ४५ प्रतिशत पुर्‍याएपछि पीपीए प्रक्रिया पनि सोही अनुपातअनुसार अघि बढाइएको थियो। त्यसपछि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले १ हजार ५०० मेगावाटसम्म क्षमताका नदी प्रवाही आयोजनाको विद्युत् खरिद सम्झौता स्वीकृत गरेको थियो।

तर, गत आर्थिक वर्षको बजेटमार्फत नदी प्रवाही आयोजनामा 'टेक एन्ड पे' व्यवस्था लागू भएपछि पीपीए प्रक्रिया थप प्रभावित भयो। त्यसपछि नदी प्रवाहीसँगै अर्धजलाशययुक्त आयोजनाको पीपीए प्रक्रिया पनि रोकिएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार हालसम्म ४०४ वटा नदी प्रवाही आयोजनासँग ६ हजार ७१३.४४ मेगावाट, ५१ वटा अर्धजलाशययुक्त आयोजनासँग ४ हजार १८६.८१ मेगावाट र एउटा जलाशययुक्त आयोजनासँग १४० मेगावाट विद्युत् खरिद सम्झौता भइसकेको छ।

यद्यपि, थप २८१ आयोजना गरी कुल १६ हजार ४२५.७७ मेगावाट क्षमताका आयोजना पीपीएको प्रतीक्षामा छन्। पीपीए नहुँदा यी आयोजनाको विकास प्रक्रिया र लगानी व्यवस्थापन प्रभावित हुँदै आएको छ।

बैंक तथा वित्तीय संस्थाले आयोजनामा लगानी गर्न विद्युत् बिक्रीको सुनिश्चितता खोज्ने भएकाले पीपीएलाई वित्तीय व्यवस्थापनको प्रमुख आधार मानिन्छ। त्यसैले नयाँ ऊर्जा मिश्रण नीतिले पीपीए प्रक्रिया खुलाउनुका साथै निजी क्षेत्रको लगानी, आयोजना निर्माण र रोजगारी सिर्जनामा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

नयाँ ऊर्जा मिश्रणको अर्को महत्त्वपूर्ण पक्ष वैकल्पिक ऊर्जा स्रोतलाई प्राथमिकतामा राख्नु हो। यसअघि नेपालको विद्युत् उत्पादन योजना मुख्यतः जलविद्युत्मा केन्द्रित रहँदै आएको थियो। पछिल्लो समय सौर्य ऊर्जाको विकास विस्तार हुँदै गए पनि वायु ऊर्जाबाट हुने उत्पादन भने न्यून छ।

जलविद्युत्मा अत्यधिक निर्भर रहँदा हिउँदमा उत्पादन घट्ने र माग व्यवस्थापनका लागि भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था छ। यस्तो निर्भरता कम गर्न सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतलाई राष्ट्रिय ऊर्जा प्रणालीमा समेट्ने तयारी गरिएको हो। यी स्रोतको सम्भावना र उत्पादन क्षमताबारे मन्त्रालयले अध्ययन गरिरहेको छ।

सन्तुलित ऊर्जा मिश्रणले वर्षायाम र हिउँद दुवैमा विद्युत् आपूर्ति व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनाले विद्युत् भण्डारण र मागअनुसार आपूर्ति व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। त्यस्तै, सौर्य तथा वायु ऊर्जाको विकासले उत्पादनका स्रोत र समयगत विविधता बढाउनेछ।

नयाँ ऊर्जा मिश्रणको ढाँचा तयार भएपछि नेपाल विद्युत् प्राधिकरणले आयोजनाको प्रकृति, आवश्यकता र प्रणालीको क्षमताका आधारमा पीपीए प्रक्रिया अघि बढाउन सक्नेछ। यसबाट लगानीको प्रतीक्षामा रहेका हजारौँ मेगावाट क्षमताका आयोजनालाई विकासको बाटो खुल्ने अपेक्षा गरिएको छ।

यद्यपि, ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न उत्पादन क्षमता विस्तार मात्रै पर्याप्त हुने छैन। आन्तरिक विद्युत् खपत वृद्धि, प्रसारण पूर्वाधारको विकास र अन्तरदेशीय विद्युत् व्यापारलाई पनि समानान्तर रूपमा अघि बढाउनुपर्ने चुनौती छ। मौसमी मागअनुसार विद्युत् उपलब्धता सुनिश्चित गर्नुका साथै उत्पादनलाई बजारसँग जोड्ने रणनीति आवश्यक हुनेछ।

नेपालले भारतसँगै बंगलादेशसम्म विद्युत् निर्यातको सम्भावना विस्तार गरिरहेको अवस्थामा सन्तुलित ऊर्जा मिश्रणले निर्यातयोग्य विद्युत् उत्पादन बढाउन सहयोग पुर्‍याउन सक्छ। यसबाट विद्युत् व्यापारमार्फत विदेशी मुद्रा आर्जन गर्ने अवसरसमेत विस्तार हुनेछ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?