National life

अर्थ मन्त्रालयको अनुमान : बजेट खर्च ८६% मात्र हुने, आर्थिक बृद्धी ३.५% रहने

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२७ माघ २०८२, मङ्गलबार
1.3kShares
अर्थ मन्त्रालयको अनुमान : बजेट खर्च ८६% मात्र हुने, आर्थिक बृद्धी ३.५% रहने
ncell

काठमाडौं। अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट खर्चबारे संशोधित अनुमान सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार, हालको बजेटको कुल ८५.९६ प्रतिशत मात्रै खर्च हुने अनुमान गरिएको छ।

अर्थमन्त्री रामेश्वर खनालले मंगलबार बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै बजेट खर्चको नयाँ अनुमान पेश गरेका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
वर्तमानमा सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरेको छ। तर, आवको अन्त्यसम्म १६ खर्ब ८८ अर्ब ३२ करोड रुपैयाँ मात्रै खर्च हुने अनुमान मन्त्रालयले गरेको छ। यो प्रारम्भिक विनियोजनको ८५.९६ प्रतिशत बराबर हो।

विवरणअनुसार, चालु खर्च ११ खर्ब २५ अर्ब ९७ करोड र पूँजीगत खर्च २ खर्ब ४३ अर्ब ३० करोड रहने अनुमान गरिएको छ। वित्तीय व्यवस्थाका लागि भने ३ खर्ब १९ अर्ब ४ करोड खर्च हुने अपेक्षा गरिएको छ।

विनियोजनको तुलनामा, चालु बजेट ११ खर्ब ८० अर्ब, पूँजीगत बजेट ४ खर्ब ७ अर्ब, र वित्तीय व्यवस्थामा ३ खर्ब ७५ अर्ब तय गरिएको छ। पुस मसान्तसम्म चालु खर्च लक्ष्यको ४१.२५ प्रतिशत, पूँजीगत खर्च १२.१२ प्रतिशत, र वित्तीय व्यवस्थामा ४०.९५ प्रतिशत मात्र खर्च भएको छ।

यस वर्षको आर्थिक वृद्धि दर लक्ष्य ६ प्रतिशत रहेकोमा संशोधित अनुमान अनुसार ३.५ प्रतिशत मात्र रहने अनुमान गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?