National life

एक वर्षमा जीवन बीमा कम्पनीहरूको नाफा पाँच अर्ब बढी, कुनले कति कमाए (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० साउन २०८१, बुधबार
641Shares
एक वर्षमा जीवन बीमा कम्पनीहरूको नाफा पाँच अर्ब बढी, कुनले कति कमाए (सूचिसहित)
ncell

काठमाडौँ । जीवन बीमा कम्पनीहरूले एक वर्षको अवधिमा साढे पाँच अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् ।

१३ जीवन बीमा कम्पनीले सार्वजनिक गरेको आफ्नो वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा पाँच अर्ब ५७ करोड ९५ लाख ८० हजार रुपैयाँ आर्जन गरेका हुन् ।

कम्पनीहरूले आर्जन गरेको यो मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १३.५३ प्रतिशतले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो आर्थिक वर्षको सोही समय अवधिमा जीवन बीमा कम्पनीहरूले ४ अर्ब ९१ करोड ४७ लाख १३ हजार रुपैयाँ नाफा आर्जन गरेको तथ्याङ्कमा उल्लेख छ ।

यस अवधिमा ३ कम्पनीको नाफा घटेको छ भने १० कम्पनीको वृद्धि भएको छ । प्रस्तुत वित्तीय विवरण अनुसार एक वर्षको अवधिमा सर्वाधिक नाफा कमाउने कम्पनीमा हिमालयन लाइफ पहिलो स्थानमा रहेको छ । कम्पनीले गत आवको असार मसान्तसम्ममा आफ्नो मुनाफा २१.५९ प्रतिशतले वृद्धि गर्दै ६३ करोड ३८ लाख ५८ हजार रुपैयाँ पुराएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीहरूको नाफा ५२ करोड १२ लाख ९५ हजार रुपैयाँ रहेको थियो।

त्यस्तै सर्वाधिक नाफा बढाउने कम्पनीमा सिटिजन लाइफ इन्स्योरेन्स रहेको छ । गत आर्थिक वर्षमा सिटिजनले आफ्नो मुनाफा २१६.५६ प्रतिशतले बढाएर ३२ करोड ४७ लाख ७९ हजार रुपैयाँ पुराएको छ । अघिल्लो आवको भने कम्पनीको नाफा १० करोड २५ लाख ९६ हजार रुपैयाँ रहेको थियो ।

साथै, सन नेपाल लाइफ सबैभन्दा धेरै नाफा हुने कम्पनीको दोस्रो नम्बरमा रहेको छ । यद्यपि कम्पनीको नाफामा भने गिरावट आएको छ ।  कम्पनीको नाफा २६.५३ प्रतिशतले घटेर ५७ करोड ४९ लाख ६७ हजार रुपैयाँ पुगेको छ । सर्वाधिक नाफा रहेको तेस्रो नम्बरमा रहेको आइएमई लाइफको १४५.०४ प्रतिशतले बढेर ५१ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

यता, प्रभु महालक्ष्मी लाइफको १०४ प्रतिशतले बढेर ३६ करोड ६१ लाख रुपैयाँ, सानिमा रिलायन्सको ५९ प्रतिशतले बढेर ३५ करोड ८ लाख रुपैयाँ, एशियन लाइफको ३६.९१ प्रतिशतले बढेर ३२ करोड ४७ लाख र एलआइसी एशियाको ६८.३४ प्रतिशतले घटेर २३ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस अवधिमा नेपाल लाइफको नाफा ३०.८० प्रतिशतले बढेर ५१ करोड ३९ लाख रुपैयाँ, मेट लाइफको ३४.१४ प्रतिशतले घटेर ५० करोड ४१ लाख रुपैयाँ, रिलायबल नेपालको २७.५७ प्रतिशतले बढेर ४२ करोड ६३ लाख, नेशनल लाइफको ६०.९२ प्रतिशतले बढेर ४० करोड ६३ लाख पुगेको छ ।

यो समाचार शेयर गर्नुहोस्
641SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?