काठमाडौँ। गत आर्थिक वर्ष २०८०/८१ मा पूँँजीबजारबाट सरकारले ५ अर्ब ५० करोड ७७ लाख रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ।
यो रकम आर्थिक वर्ष २०७९/८० को तुलनामा ४६ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष २०७९/८० मा सरकारले पूँजीबजारबाट जम्मा २ अर्ब ९७ करोड राजश्व संकलन गरेको थियो।
सेयर बजारमा दीर्घकालीन भन्दा अल्पकालीन लगानीकर्ताले बढी पुँजीगत कर तिरेका हुन्छन् ।
अल्पकालीन लगानीकर्ताले नाफा भएको खण्डमा साढे ७ प्रतिशत र दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत पुँजीगत कर तिर्दै आएका छन् ।


































