काठमाडौँ । राजश्व संकलनमा थप मेहनत बढाउन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूको बैठकमा अर्थमन्त्री पौडेलले औषत भन्दा माथि उठेर काम गर्न र मातहतका कर्मचारीहरूलाई काममा लगाउन समेत निर्देशन दिएका हुन्।
सामान्य अवस्थाको कामको नतिजा पनि सामान्य आउने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले गत सालको यही अवधिको तुलनामा १३ प्रतिशत राजश्व वृद्धिमा चित्त बुझाएर बस्ने अवस्था नरहेको बताएका हुन् ।
संविधान र राष्ट्रको हितलाई ध्यान दिई कानुन अनुसार करदातासँग राजस्व संकलन संकलन गर्नुपर्ने धारणा व्यक्त गर्दै अर्थमन्त्री पौडेलले समस्याहरूलाई तत्काल सम्बोधन गर्न पनि निर्देशन दिए ।
राजश्व चुहावट नियन्त्रणका लागि सुरक्षाकर्मी लगायत अन्तर निकायहरूबिच समन्वय गरी काम गर्न पनि निर्देशन दिए । उनले राजश्व संकलनमा कमजोरी गर्नेलाई छुट नदिन र ठाउँका ठाउँ एक्सन लिन पनि निर्देशन दिएका छन् ।


































