National life

पुँजी बजार बढ्दा साउन महिनामा मात्रै ४ अर्ब २४ करोड बढीको राजश्व संकलन 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ भदौ २०८१, बुधबार
673Shares
पुँजी बजार बढ्दा साउन महिनामा मात्रै ४ अर्ब २४ करोड बढीको राजश्व संकलन 
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको साउन महिनामा सरकारले सेयर बजारबाट ४ अर्ब २४ करोड राजश्व उठाएको छ।

एक महिनाको अवधिमा बजार एक हजार अंकले बढ्दा लगानीकर्ताहरूले सरकारलाई ४ अर्ब बढीको राजश्व तिरेका हुन् । गत आर्थिक वर्ष २०८०/८१ मा सरकारले पूँँजीबजारबाट ५ अर्ब ५० करोड ७७ लाख रुपैयाँ बराबरको राजश्व संकलन गरेको थियो । यो रकम आर्थिक वर्ष २०७९-८० को तुलनामा ४६ प्रतिशतले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आर्थिक वर्ष २०७९र८० मा भने सरकारले पूँजीबजारबाट जम्मा २ अर्ब ९७ करोड राजश्व संकलन गरेको थियो। सरकारले पूँँजीबजारबाट आर्थिक वर्ष २०७८र ७९ मा १० अर्ब ३५ करोड र आर्थिक वर्ष २०७७ र७८ मा भने सरकारले १५ अर्ब भन्दा बढीको राजश्व उठाएको थियो।

अल्पकालीन लगानीकर्ताले नाफा भएको खण्डमा साढे ७ प्रतिशत र दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत पुँजीगत कर तिर्दै आएका छन् । संस्थागत लगानीकर्ताले भने हाल १० प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
673SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?