National life

पुँजी बजारमा स्थिरता ल्याउन आवश्यक, लगानी भित्र्याउने सरकारको योजना

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१४ वैशाख २०८३, सोमबार
1.4kShares
पुँजी बजारमा स्थिरता ल्याउन आवश्यक, लगानी भित्र्याउने सरकारको योजना
ncell

काठमाडौं। अर्थ मन्त्रालयले धितोपत्रको दोस्रो बजारमा देखिँदै आएको उतार–चढावलाई स्वीकार गर्दै यस क्षेत्रमा स्थायित्व ल्याउन आवश्यक रहेको जनाएको छ। ‘वर्तमान आर्थिक स्थिति’ सम्बन्धी विवरण सार्वजनिक गर्दै मन्त्रालयले दोस्रो बजारको कारोबारलाई व्यवस्थित र स्थिर बनाउनेतर्फ ध्यान दिनुपर्ने उल्लेख गरेको हो।

मन्त्रालयका अनुसार पूँजीबजारको दायरा विस्तार गर्दै उत्पादनमूलक कम्पनीहरुलाई प्रवेश गर्न प्रोत्साहित गर्न, गैरआवासीय नेपालीको लगानी भित्र्याउन र सरकारी ऋणपत्र लगायतको ऋणपत्र बजारको विकास गर्न तत्काल कानूनी सुधार गर्नुपर्ने आवश्यक रहेको छ ।

पूँजी बजारमा २०८२ फागुनसम्म २८६ कम्पनी सूचीकृत रहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
दोस्रो बजार कारोबारमा इक्विटीको अंश ९९.४ प्रतिशत रहेको छ । बजारमा सरकारी ऋणपत्रहरू सूचीकृत गर्ने प्रावधान रहेपनि कारोबार हुन सकेको छैन । २०७३ असारमा बजार पूँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७२.५ प्रतिशत बराबर रहेकोमा २०८२ फागुनमा ७७.७ प्रतिशत बराबर पुगेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?