काठमाडौँ । एनएमबी लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर स्वामित्व घटाउने भएको छ । कम्पनीले संस्थापक सेयर स्वामित्व १० प्रतिशतले घटाउने भएको छ।
कम्पनीले हाल कायम ७० प्रतिशत संस्थापक स्वामित्व ६० प्रतिशतमा झार्ने र सर्वसाधारण समूहतर्फको सेयर स्वामित्व ३० प्रतिशतबाट ४० प्रतिशतमा बढाउने भएको हो ।
उक्त, प्रस्ताव नियामक नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई कम्पनीले जानकारी दिएको छ ।


































