काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा उपेन्द्र चौधरी नियुक्त भएका छन् । कम्पनीको फागुन ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले चौधरीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उक्त बैठकले साधारण सभा नभएसम्मका लागि संस्थापक सदस्य जितु महतो र साधारण सदस्य युवराज गौतमलाई साधारण सभा नभएसम्मका लागि सञ्चालक पदमा नियुक्त गरेको छ ।
त्यस्तै, एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा गोविन्द घिमिरे चयन भएका छन् ।
संस्थाको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई अध्यक्ष नियुक्त गरेको हो।
घिमिरेलाई फागुन ४ गतेदेखि लागू हुनेगरी अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरिएको संस्थाले जनाएको छ ।


































