National life

किसान सूचीकरण कार्यक्रममा १८ लाख किसान सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ असार २०८१, बुधबार
942Shares
किसान सूचीकरण कार्यक्रममा १८ लाख किसान सूचीकृत
ncell

काठमाडौं । किसान सूचीकरण कार्यक्रम अन्तर्गत १८ लाख किसान सूचीकृत भएका छन्। अनुदानलगायत सहायता उपलब्ध गराउन सरकारले यो कार्यक्रम ल्याएको हो।

राज्यबाट देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा दिने तयारी भएको छ। यो विद्युतीय सूचना प्रणालीमा किसान जोडिएपछि रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापनलगायत सुविधा उपलब्ध गराउन सहज हुने बताइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार किसानबाट उत्पादित उपज, खेती गरेको जमिनको क्षेत्रफललगायत विवरणसहितको एकीकृत तथ्याङ्क सङ्कलन भइरहेको छ।

कृषि सूचना तथा प्रशिक्षण केन्द्रले समन्वय गरेको उक्त कार्यक्रममा देशभर स्थानीय तहमार्फत किसानका सूचना सङ्कलन गरिएको हो। वि.सं.२०७७ फागुनमा मन्त्रिस्तरीय बैठकबाट सुरु भएको यस कार्यक्रममा आगामी वर्ष १२ लाख सूचीकृत गर्ने योजना रहेको मन्त्रालयका सूचनाले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
942SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?