National life

२५ लाख किसान सूचीकृत: डिजिटल प्रणालीबाट कृषि सहुलियत वितरणको तयारी

किसानलाई परिचयपत्र र अनुदान: सरकारले ल्याउँदै नयाँ वर्गीकरण प्रणाली

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२७ जेठ २०८३, बुधबार
1.3kShares
२५ लाख किसान सूचीकृत: डिजिटल प्रणालीबाट कृषि सहुलियत वितरणको तयारी
ncell

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेको किसान सूचीकरण प्रणालीमा हालसम्म देशभरका करिब २५ लाख किसान दर्ता भएका छन् ।

किसानको जमिन, उत्पादन र खेती प्रणालीका आधारमा उनीहरूको विवरण संकलन गरी विद्युतीय प्रणालीमा समावेश गरिएको कृषि सूचना केन्द्रले जनाएको छ । यस पहलको उद्देश्य उत्पादन वृद्धि गर्नुका साथै किसानलाई लक्षित सहुलियत तथा सेवा प्रभावकारी रूपमा उपलब्ध गराउनु हो ।

कृषि जनगणना २०७८ अनुसार देशमा करिब ४१ लाख ३० हजार किसान रहेको तथ्यांक रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसअनुसार अझै करिब १६ लाखभन्दा बढी किसानलाई सूचीकरण प्रक्रियामा समेट्ने काम जारी रहेको सम्बन्धित अधिकारीले बताएका छन् ।

मन्त्रालयले सबै किसानलाई समेटिसकेपछि उनीहरूलाई चार वर्गमा विभाजन गर्ने योजना बनाएको छ—निर्वाहमुखी, साना, मझौला र ठूला किसान । वर्गीकरणपछि किसानलाई परिचयपत्र वितरण गरिनेछ र उनीहरूलाई डिजिटल प्रणालीसँग आबद्ध गराइनेछ ।

परिचयपत्रको आधारमा सरकारले मल, बीउ, अनुदान तथा अन्य कृषि सेवाहरू सहज रूपमा उपलब्ध गराउने तयारी गरेको छ । यसले कृषकलाई सरकारी सुविधा पारदर्शी र लक्षित रूपमा पुर्‍याउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

देशभरका स्थानीय तहसँग सहकार्य गर्दै किसानसम्बन्धी तथ्यांक संकलन गरिएको हो । साथै, अझै सूचीमा नपुगेका किसानलाई आफ्नो नाम दर्ता गराउन सम्बन्धित निकायले आह्वान गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?