National life

नेपालमै पहिलोपटक One Cover को १००% भर्चुअल साइबर सेक्युरिटी इन्टर्नशिप

घरमै बसेर साइबर सेक्युरिटी सिक्ने अवसर, One Cover ले सुरु गर्‍यो भर्चुअल इन्टर्नशिप

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
९ दिन अगाडि|२५ भदौ २०८३, बिहिबार
954Shares
नेपालमै पहिलोपटक One Cover को १००% भर्चुअल साइबर सेक्युरिटी इन्टर्नशिप
ncell

काठमाडौँ । डिजिटल प्रविधिको तीव्र विकाससँगै देशमा साइबर सुरक्षा (Cybersecurity) क्षेत्रको महत्त्व र माग दिन प्रतिदिन बढ्दै गएको छ। यसै सन्दर्भमा, काठमाडौँस्थित अग्रणी साइबर सेक्युरिटी फर्म One Cover Pvt. Ltd. ले नेपालमै पहिलोपटक १००% भर्चुअल मोडेलमा आधारित ‘Cybersecurity Virtual Internship’ कार्यक्रम सञ्चालनमा ल्याएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

किताबी ज्ञान र वास्तविक सेक्युरिटी डिफेन्सबीचको खाडल पुर्दै देशैभरका विद्यार्थी तथा भर्खरै स्नातक (Graduate) भएका युवाहरूलाई लक्षित गरी यो कार्यक्रम तयार पारिएको हो। "व्याहारिक अनुभवविना काम नपाइने र काम नपाई अनुभव बटुल्न नसकिने" युवाहरूको पुरानो चुनौतीलाई चिर्दै यस इन्टर्नशिपले सेक्युरिटी इन्डस्ट्रीमा प्रवेश गर्ने प्रत्यक्ष मार्ग प्रदान गरेको छ।

कार्यक्रमका प्रमुख विशेषताहरू:

१००% भर्चुअल र १:१ मेन्टरसिप: भौगोलिक दुरीको बाधा हटाउँदै घरमै बसेर प्रत्यक्ष काम गरिरहेका पेनिट्रेसन टेस्टर (Penetration Testers) र सेक्युरिटी इन्जिनियरहरूको प्रत्यक्ष १:१ मेन्टरसिप पाइने।

६ हप्ते गहन पाठ्यक्रम: Recon & Information Gathering, Web Application Security (OWASP Top 10), API Security Testing, Network & Infrastructure, Mobile Application Security, तथा Reporting & Client Communication जस्ता ६ वटा मुख्य डोमेनमा व्यावहारिक प्रशिक्षण।

सिधा रोजगारीको अवसर: इन्टर्नशिपबाट उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई One Cover Pvt. Ltd. भित्रै रोजगारीको पहिलो प्राथमिकता (Job Opportunities) प्रदान गरिने।

भौगोलिक रूपमा काठमाडौँ वा ठूला सहरहरूमा आउनुपर्ने बाध्यता अन्त्य गर्दै पोखरा, विराटनगर, चितवन वा नेपालका जुनसुकै कुनाका विद्यार्थीहरूले यस अवसरको लाभ लिन सक्नेछन्।

यो कार्यक्रमले नेपालका युवा टेकप्रतिभाहरूलाई डिजिटल सुरक्षा क्षेत्रमा सक्षम बनाउन महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुने विश्वास गरिएको छ।

For more: https://onecovernepal.com/cybersecurity-internship

यो समाचार शेयर गर्नुहोस्
954SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?