National life

 कीर्तिमानी कायम गरेको सुनको मूल्य शुक्रवार १३ सय सस्तियो, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ चैत २०८०, शुक्रबार
635Shares
 कीर्तिमानी कायम गरेको सुनको मूल्य शुक्रवार १३ सय सस्तियो, कतिमा हुदैछ कारोबार ?
ncell
काठमाडौँ । मूल्य बढेर कीर्तिमानी कायम गरेको सुन आज साताको अन्तिम दिन तोलामा १ हजार ३ सय रुपैयाँले घटेर १ लाख २६ हजार ५ सय रुपैयाँ कायम भएको छ।
नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । बिहीबार प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँमा पुगेको छापावाला सुनको मूल्य आज १ हजार ३ सय रुपैयाँले घटेको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार ३ सय रुपैयाँले नै घट्दै १ लाख २५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यता चाँदीको पनि आज तोलामा ५५ रुपैयाँले घट्दै १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
यो समाचार शेयर गर्नुहोस्
635SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?