National life

 कुमारी बैंकले व्यक्तिगत र संस्थागततर्फकै ब्याजदर घटायो, कुनमा कति पाइन्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३२ जेठ २०८१, शुक्रबार
629Shares
 कुमारी बैंकले व्यक्तिगत र संस्थागततर्फकै ब्याजदर घटायो, कुनमा कति पाइन्छ ?
ncell

काठमाडौँ। असार महिनाका लागि कुमारी बैंक लिमिटेडले लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ।बैंकले आज सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगततर्फ र संस्थागततर्फ दुवैको मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ।

बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६.५६ प्रतिशत ब्याजदर घटाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जेठ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.०६ प्रतिशत ब्याजदर कायम गरेको थियो।

त्यस्तै असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ बैंकका ग्राहकले ३ महिनादेखि ६ महिना अवधिका लागि ५.२६ प्रतिशत,६ महिनादेखि १ वर्षसम्म अवधिका लागि ५.७१ प्रतिशत,१ वर्षदेखि ३ वर्षसम्मका लागि ६.०६ प्रतिशत र ३ वर्ष अवधिका लागि ६.५६ प्रतिशत ब्याजदर कायम गरेको हो ।

कुमारी मोबाइल स्मार्ट एपका ग्राहकले भने ३ देखि ६ महिना अवधिका लागि ५.४६ प्रतिशत,६ महिनादेखि १ वर्षसम्मका लागि ५.७१ प्रतिशत,१ वर्षदेखि ३ वर्षसम्मका लागि ६.०६ र ३ वर्षभन्दा माथिको अवधिका लागि ६.७६ प्रतिशत ब्याजदर पाउने भएका छन् ।

त्यस्तैगरी संस्थागत तर्फ जेठ महिनामा अधिकतम ६.२६ प्रतिशत ब्याजदर पाएका बैंकका संस्थागत ग्राहकले असार महिनामा भने अधिकतम ५.६१ प्रतिशत ब्याजदर पाउने छन् । संस्थागत ग्राहकले ६ महिनादेखि १ वर्ष अवधिका लागि मुद्दती निक्षेपमा ४.२६ प्रतिशत र १ वर्षदेखि ३ वर्षसम्म अवधिका लागि ५.०१ र ३ वर्षभन्दा माथिको अवधिका लागि भने ५.६१ प्रतिशत ब्याजदर कायम गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
629SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?