National life

कुलेश्वरबाट बरामद गरिएकाे ७० हजार किलो चिनी साल्ट ट्रेडिङबाट बिक्री सुरु

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२३ असोज २०८०, मङ्गलबार
720Shares
कुलेश्वरबाट बरामद गरिएकाे ७० हजार किलो चिनी साल्ट ट्रेडिङबाट बिक्री सुरु
ncell

काठमाडौं । कुलेश्वरबाट बरामद गरिएकाे ७० हजार किलो चिनी साल्ट ट्रेडिङले बेच्न थालेकाे छ । ३ असोजमा काठमाडौंको कुलेश्वरस्थित एक गोदाममा व्यापारीले लुकाएर राखेको अवस्थामा बरामद चिनी साल्ट ट्रेडिङबाट बिक्री सुरु भएको हाे ।

लेबल उल्लेख नभएको १४ सय बोरा चिनी वाणिज्य विभाग र काठमाडौं जिल्ला प्रशासनको संयुक्त अनुगमनमा फेला परेको थियो ।

व्यवसायी सन्तोष अग्रवाल (खेतान) को गुह्वेश्वरी ट्रेडिङमा फेला परेको उक्त चिनी गुणस्तर परीक्षणपछि वाणिज्य विभागले लेबल उल्लेख नभएको कसुरमा ३ लाख जरिवाना गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चिनीको अवैध भण्डारण गर्ने फर्मलाई वाणिज्य विभागले कमजोर कारबाही गरेर उन्मुक्ति दिएको भन्दै आलोचना भइरहेको बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त चिनी सहुलित पसलमा बिक्री गर्ने निर्णय गरेको थियो ।

साल्ट ट्रेडिङका अनुसार मन्त्रालयको निर्देशनपछि व्यवसायीबाट खरिद गरेर चिनी बिक्री सुरु गरेको छ । प्रतिकिलो १०१ रुपैयाँमा गह्वेश्वरी फर्मको १४ सय बोरा चिनी किनिएको साल्टका सूचना अधिकारी कुमारराज भण्डारीले बनाए ।

राजभण्डारीले भने, ‘त्यो चिनीको बिक्री साल्टका सबै सहुलियत पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली गोदामबाट बिक्री सुरु गरिसकेका छौं, प्रतिकिलो ९७ रुपैयाँमा प्रतिपरिवार २ किलोका दरले चिनीको बिक्री भइरहेको छ ।’

 

यो समाचार शेयर गर्नुहोस्
720SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?