National life
cg eloctronics

साल्ट ट्रेडिङको खुद नाफा ७७.७२ प्रतिशतले बढ्यो, बिक्री आम्दानी दोब्बर नजिक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१० दिन अगाडि|०१ मंसिर २०८३, मङ्गलबार
4.6kShares
साल्ट ट्रेडिङको खुद नाफा ७७.७२ प्रतिशतले बढ्यो, बिक्री आम्दानी दोब्बर नजिक
muktinatha bikash bank

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ७७.७२ प्रतिशतले बढाएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म २ करोड ५२ लाख ४६ हजार ५४९ रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ४२ लाख ६ हजार ३१९ रुपैयाँ खुद नाफा कमाएको थियो। यससँगै समीक्षा अवधिमा कम्पनीको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ।

बिक्री आम्दानी ९२.२३ प्रतिशतले वृद्धि

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानीमा उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब २४ करोड ३६ लाख ५४ हजार रुपैयाँ रहेको बिक्री आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ४ अर्ब ३१ करोड २९ लाख ४५ हजार रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ९२.२३ प्रतिशतको वृद्धि हो।

everest bank

तर बिक्री आम्दानी बढे पनि कम्पनीको कुल मुनाफा भने घटेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा २७ करोड ६ लाख ३० हजार रुपैयाँ रहेको कुल मुनाफा चालु आर्थिक वर्षको समीक्षा अवधिमा घटेर २३ करोड ७२ लाख १२ हजार रुपैयाँमा सीमित भएको छ।

ब्याज खर्च घट्दा नाफामा सुधार

कम्पनीको ब्याज खर्चमा आएको उल्लेख्य गिरावटले खुद नाफा बढाउन सहयोग गरेको देखिन्छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १४ करोड ५० लाख रुपैयाँ रहेको ब्याज खर्च चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ७ करोड ५ लाख ७४ हजार रुपैयाँमा झरेको छ।

त्यस्तै, कम्पनीको करअघिको नाफा पनि बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ८९ लाख ४२ हजार रुपैयाँ रहेको करअघिको नाफा चालु आर्थिक वर्षको समीक्षा अवधिमा बढेर ३ करोड ३६ लाख ६२ हजार रुपैयाँ पुगेको छ।

प्रतिसेयर आम्दानी ७.१९ रुपैयाँ

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ४.४३ रुपैयाँ रहेको ईपीएस चालु आर्थिक वर्षको समीक्षा अवधिमा बढेर ७.१९ रुपैयाँ पुगेको छ। कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी भने २८.७६ रुपैयाँ कायम भएको छ।

वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ३८०.०९ रुपैयाँ रहेको छ। त्यस्तै, मूल्य आम्दानी अनुपात (पीई रेसियो) १९४.४३ गुणा रहेको छ भने दोस्रो बजारमा कम्पनीको प्रतिसेयर मूल्य ५ हजार ५९१ रुपैयाँ कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
4.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?