National life

कृषिजन्य वस्तुमा समेत परनिर्भर: सात महिनामै दुई खर्ब बढीको कृषिजन्य वस्तु आयात

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ फागुन २०८१, सोमबार
858Shares
कृषिजन्य वस्तुमा समेत परनिर्भर: सात महिनामै दुई खर्ब बढीको कृषिजन्य वस्तु आयात
ncell

काठमाडौँ। चालु आर्थिक वर्षको सात महिनाको अवधिमा दुई खर्ब रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार साउनदेखि माघसम्मको अवधिमा दुई खर्ब तीन अर्ब रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात भएको हो ।

सात महिनाको अवधिमा ३६ अर्ब ३५ करोड रुपैयाँ बराबरको धान, चामल, गहुँ र मकै आयात भएको तथ्यांकमा उल्लेख छ। यस उक्त अवधिमा चामल मात्रै १० अर्ब ५८ करोड रुपैयाँको आयात भएको विभागको तथ्याङ्क छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, १४ अर्ब ५१ करोड रुपैयाँको धान र नौ अर्ब ५ करोड रुपैयाँको मकै आयात भएको छ । सात महिनामा पाँच अर्ब ४८ करोड रुपैयाँको आलु, दुई अर्ब १३ करोड रुपैयाँको प्याज, छ अर्ब ८१ करोड रुपैयाँको लसुन, २५ अर्ब रुपैयाँको तरकारी, तीन अर्ब ९७ करोड रुपैयाँको दाल, १२ अर्ब ३२ करोड रुपैयाँको फलफूल आयात भएको छ ।

विभागको तथ्यांक अनुसार सोही अवधिमा १६ अर्ब ४२ करोड रुपैयाँको कृषिजन्य औद्योगिक कच्चा पदार्थ, पाँच अर्ब ४९ करोड रुपैयाँको चिया, कफी, दुई अर्ब ६१ करोड रुपैयाँको चिनी तथा चिनीजन्य कन्फेक्सनरी, ९० करोड ८४ लाख रुपैयाँको डेरीजन्य पदार्थ आयात भएको छ । नेपालबाट निर्यात नभएका र नेपालमा नै उत्पादन हुनसक्ने कृषिजन्य वस्तुहरू पनि ठुलो मात्रामा आयात भएको तथ्यांकमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
858SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?