National life

ग्रीन डेभलपमेन्ट बैंकले सेयर संरचना परिवर्तन, संस्थापक सेयर स्वामित्व ५१ प्रतिशत

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ असोज २०८१, सोमबार
636Shares
ग्रीन डेभलपमेन्ट बैंकले सेयर संरचना परिवर्तन, संस्थापक सेयर स्वामित्व ५१ प्रतिशत
ncell

काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंकले सेयर संरचना परिवर्तन गरेको छ । बैंकले अब संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गरेको हो ।

बैंकले सेयर संरचना परिवर्तनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी नेप्सेसमक्ष परिवर्तित धितोपत्रको संरचना अभिलेख गर्न अनुरोध गर्दै नेप्सेमा पत्र लेखेको थियो।

बैंकमा संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर संख्या २६ लाख ४६ हजार ९ सय कित्ता र सर्वसाधारण सेयरधनीको नाममा २५ लाख ४३ हजार १ सय कित्ता सेयर रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

संस्थापक र सर्वसाधारणको गरी नेप्सेमा बैंकको कुल सूचीकृत कित्ता ५१ लाख ९० हजार कित्ता रहेको छ । नेप्सेले असोज ६ गतेको निर्णयानुसार परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
636SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?