काठमाडौँ । चिलिमे जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीले १२ प्रतिशत लाभांश घोषणा गरेको हो ।
सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो। कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण गरिने भएको छ।
यता, कम्पनीले लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा प्रयोजनको लागि चिलिमेले पुस १६ गते बुक क्लोज गर्नेछ। यसर्थ, पुस १५ गतेसम्म कायम शेयर धनीले लाभांश प्राप्त गर्न सक्नेछन्।



































