National life

चीनबाट मात्रै ८ करोड ६४ लाख बढीको ट्रि-लाइट आयात, अन्य देशबाट कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० पुस २०८१, बुधबार
589Shares
चीनबाट मात्रै ८ करोड ६४ लाख बढीको ट्रि-लाइट आयात, अन्य देशबाट कति ?
ncell

काठमाडौँ । आज क्रिसमस डे विश्व भरी भव्यताको साथ यस पर्वलाई इसाई धर्मालम्बीहरुले मनाइ रहेका छन् । क्रिसमस डे को अवसरमा अत्यधिक ट्रि लाइटको प्रयोग हुँदै आएको छ ।

चालु आर्थिक वर्षको ५ महिनाको समयमा ९ करोड बराबरको क्रिसमस ट्रि लाइट आयात भएको छ। २०८१ साउनदेखि मङ्सिर मसान्तसम्ममा ९ करोड २६ लाख ५९ हजार रुपैयाँको ८ लाख १४ हजार थान क्रिसमस ट्रि लाइट आयात भएको भन्सार विभागले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अवधिमा सबैभन्दा बढी चीनबाट ट्रि लाइट आयात भएको छ। चीनबाट ८ करोड ६४ लाख ३२ हजार रुपैयाँको  ६ लाख ७४ हजार ४१ थान क्रिसमस ट्रि लाइट आयात भएको छ । यस्तै कतारबाट ३२ हजार रुपैयाँको २३९ थान , बहराइनबाट ११ हजार रुपैयाँको १२२ थान ट्रि लाइट आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

साथै हङकङ, साउदी अरेबिया ओमानलगायतका ७ मुलुकबाट ५ महिनाको अवधिमा १६ हजार रुपैयाँको ९५ थाल क्रिसमस ट्रि लाइट आयात भएको तथ्यांकमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
589SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?