National life

क्रिश्चियन धर्मावलम्बीहरूले आज विश्वभर क्रिसमस डे मनाउँदै, सेयर बजार, बैंक बन्द रहने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० पुस २०८१, बुधबार
1.2kShares
क्रिश्चियन धर्मावलम्बीहरूले आज विश्वभर  क्रिसमस डे मनाउँदै, सेयर बजार, बैंक बन्द रहने
ncell

काठमाडौँ। आज नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले क्रिसमस डे मनाउँदै छ। क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा डिसेम्बर २५ मा क्रिसमस डे मनाइने गरिन्छ।

येशु ख्रीष्टको जन्म आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन इजरायलको वेथलेहेममा भएको थियो मानिन्छ। क्रिसमसलाई पश्चिमा समाजले भव्यताका साथ मनाउने गर्छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आजका दिन घर–घरमा क्रिसमस ट्रि सजाउने,त्यसमा रङ्गीचङ्गी बिजुली बाल्ने, खेलौनाहरू सजाउने जस्ता कार्यहरू गरिन्छ।

क्रिसमस डेका अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ । क्रिसमस डेका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो ।

यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ। आज देशका सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?