काठमाडौँ। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।
गत आर्थिक वर्ष २०८०।८१ सम्मको मुनाफाबाट शेयर धनीहरूलाई कुल १४.७३६८ प्रतिशत लाभांश घोषणा गरेको छ।मंसिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले काल कायम चुक्ता पुँजी (१ अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ) को १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
बैठकले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयर धनीमा वितरण हुनेछ।


































