National life

निर्माणको काम अलपत्र पार्ने २९ कम्पनी कालोसूचीमा, कुन-कुन कम्पनी परे ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ वैशाख २०८१, मङ्गलबार
1.4kShares
निर्माणको काम अलपत्र पार्ने २९ कम्पनी कालोसूचीमा, कुन-कुन कम्पनी परे ?
ncell

काठमाडौँ ।  पूर्वाधार निर्माणका काम र खरिद प्रक्रियालाई अलपत्र पार्ने कम्पनीहरूलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ। कार्यालयले २९ कम्पनीलाई कालोसूचीमा राखेको हो ।

विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भइआएबमोजिम २९ कम्पनीलाई कालोसूचीमा राखिएको हो । त्यसमध्येमा १ कम्पनीलाई २ वर्ष ६ महिना कालोसूचीमा राखिएको छ भने ८ कम्पनीलाई २ वर्षको लागि कालोसूचीमा राखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै कार्यालयले ७ कम्पनीलाई १ वर्ष ६ महिना, १ कम्पनीलाई १ वर्ष ३ महिनाको लागि कालोसूचीमा परेका छन् भने अन्य कम्पनीलाई १ वर्षको लागि कालोसूचीमा परेका छन् ।

कार्यालयको प्रकाशित सूचना अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिँचाई विभाग, सिक्टा सिांचय आयोजना, नेपालगन्ज, बाँकेको सिफारिसमा पप्पु कन्स्ट्रक्सनलाई २ वर्ष ६ महिनाको लागि कालोसूचीमा राखिएको छ । ज

यस्तै कोशी एण्ड न्यौपाने ओम साई कन्स्ट्रक्सन जे.भीलाई २ वर्ष , ए वान खप्तड कन्स्ट्रक्सन एण्ड अर्डर सप्लायर्सलाई २ वर्ष, चण्डी सिद्धिबाबा जे.भीलाई २ वर्ष, नमुना कन्स्ट्रक्सन खिम्ती प्रा. लिलाई २ वर्ष, नवीन कन्स्ट्रक्सनलाई १ वर्ष ६ महिनाको लागि कालो सूचीमा राखिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?