National life

एकै पटक ९ निर्माण कम्पनी कालोसूचीमा, एकदेखि डेढ वर्षसम्मको कारबाही

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ फागुन २०८१, बुधबार
801Shares
एकै पटक ९ निर्माण कम्पनी कालोसूचीमा, एकदेखि डेढ वर्षसम्मको कारबाही
ncell

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न तारालक्ष्मी निर्माण सेवा सहित ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न निकायबाट कालोसूचीमा राख्नका लेखिआए बमोजिम ९ कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ ।

कालोसूचीमा पर्ने कम्पनीहरुमा तारालक्ष्मी निर्माण सेवा, रेसुङ्गा नगरपालिका–१२, गुल्मी, ममता मञ्जु कन्स्ट्रक्सन प्रा.लि., टोखा नगरपालिका–१० काठमाडौं, सनम निर्माण सेवा, खाँदबारी, संखुवासभा, निर्जरा निर्माण सेवा, खाँदबारी, संखुवासभा, जी.एस.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
निर्माण संसार कम्पनी प्रा.लि. काभ्रे, कमन कन्स्ट्रक्सन काभ्रे लगायत छन् ।

यी कम्पनीलाई एकदेखि डेढ वर्षसम्म कालोसूचीमा राखिएको सूचनामा जनाइएको छ । उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने पनि कार्यालयले उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
801SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?