National life

नेपाल टेलिकम सेवा प्रदायकको आम्दानी घटेसँगै सरकारलाई तिर्ने करमा पनि कमी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ पुस २०८१, शुक्रबार
974Shares
नेपाल टेलिकम सेवा प्रदायकको आम्दानी घटेसँगै सरकारलाई तिर्ने करमा पनि कमी
ncell

काठमाडौं । पछिल्लो एक दशकमा नेपालमा टेलिकम सेवा प्रदायकको आम्दानी २५ प्रतिशतले घटेको छ । आम्दानी घटेसँगै सेवा प्रदायक पलयान भएका छन् । एक दशकअघि १० वटा सेवा प्रदायक रहेकामा अहिले नेपाल टेलिकम र एनसेल गरी दुई वटा मात्रै अस्तित्वमा छन् ।

टेलिकम सेवा प्रदायकको आम्दानीसँगै उनीहरूले सरकारलाई तिर्ने कर पनि घटेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विश्व बैंकले सार्वजनिक गरेको नेपालसम्बन्धी प्रतिवेदनमा सन् २०१६ मा टेलिकम सेवा प्रदायक क्षेत्रबाट देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा झन्डै चार प्रतिशत योगदान रहेकामा सन् २०२३ मा आइपुग्दा एक दशमलव आठ प्रतिशतमा झरेको छ ।

मेसेन्जर, भाइबर, ह्वाट्सएप, इमोलगायत ओटीटी प्लेटफर्मका कारण टेलिकमको आम्दानी घटेको हो । महँगो सञ्चालन खर्च, बर्सेनि ठूलो लगानीकाबीच नियमनकारी निकायले सहजीकरण नगरिदिँदा पनि टेलिकम सेवा प्रदायक समस्यामा परेको बताइएको छ ।

नियमित रूपमा महसूल दरमा कटौती, सस्तो दररेटमा उपलब्ध अफर प्याकेजका बीच पनि उपभोक्ताहरू इन्टरनेटमा आधारित अरू प्लेटफर्मतर्फ बढी आकर्षित छन् ।

यो समाचार शेयर गर्नुहोस्
974SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?