National life

नेपाल पुनर्बीमा कम्पनीको नाफामा १३.४९ प्रतिशतले कमी, बीमाशुल्क आर्जन कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ साउन २०८१, सोमबार
706Shares
नेपाल पुनर्बीमा कम्पनीको नाफामा १३.४९ प्रतिशतले कमी, बीमाशुल्क आर्जन कति ?
ncell

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले प्रकाशन गरेको यो खुद नाफा अघिल्लो आवको सोही अवधिसम्म आर्जन गरेको ५९ करोड ६२ लाख रुपैयाँको तुलनामा १३.४९ प्रतिशतले कमी हो।  यो अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि घटेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले तेस्रो त्रैमाससम्मको अवधिमा ५ अर्ब १५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने ८.५७ प्रतिशतले कम हो । कम्पनीले लगानी तथा कर्जामार्फत १ अर्ब २८ करोड रुपैयाँ र ८ करोड ४ लाख रुपैयाँ बराबरको अन्य आम्दानी गरेको छ । कम्पनीको कुल आम्दानी ९.०३ प्रतिशतले घट्दै ६ अर्ब ५३ करोडमा सीमित बनेको छ ।

कम्पनीको कुल खर्च पनि ८.७४ प्रतिशतले घटेर ५ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीको कुल खर्च ६ अर्ब ३५ करोड रुपैयाँ थियो । कम्पनीले यो अवधिसम्म ३ अर्ब ६३ करोड रुपैयाँ बराबर खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३ अर्ब ६७ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको थियो ।

कम्पनीको महाविपत्ति कोषको आकार २७ करोड ६३ लाख र स्पेसल रिजर्भको आकार ३ अर्ब ९२ करोड रुपैयाँ बराबर रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा ६१.८६ प्रतिशतले बढ्दै १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी९ईपीएस० ४.०३ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १४.४५ रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
706SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?