National life

 नेपालप्रति विदेशी पर्यटकको मोह : फेब्रुअरीमा ९७ हजार पर्यटक नेपाल भित्रिए

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ फागुन २०८०, शुक्रबार
881Shares
 नेपालप्रति विदेशी पर्यटकको मोह : फेब्रुअरीमा ९७ हजार पर्यटक नेपाल भित्रिए
ncell

काठमाडौं : नेपालमा कोभिड पश्चात् लामो समयसम्म थलिएको पर्यटन व्यवसायले बिस्तारै गति लिइरहेको छ । अर्थतन्त्रको मूल हिस्साको रूपमा रहेको पर्यटन व्यवसाय बिस्तारै लयमा आएसँगै अर्थतन्त्रको परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

सन् २०२४ को फेब्रुअरीमा ९७ हजार ४२६ पर्यटक नेपाल भित्रिएका छन् । यो गत वर्षको सोही समय अवधिको भन्दा ३३ प्रतिशतले बढी हो । यसअघि सन् २०२३ को फेब्रुअरीमा ७३ हजार २५५ जना पर्यटक भित्रिएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२४ को दोस्रो महिना अर्थात् फेब्रुअरीमा ७९ हजार १०० पर्यटक नेपाल भित्रिएका हुन् । बोर्डको तथ्याङ्क अनुसार फेब्रुअरीमा महिनामा सबैभन्दा बढी भारतबाट २५ हजार ५७८ पर्यटक नेपाल आएका छन् ।

त्यस्तैगरि नेपालमा आउने पर्यटकको सङ्ख्याको आधारमा ९ हजार १८० सहित , चीन दोस्रो देशको रूपमा रहेको छ,अमेरिकाबाट ९ हजार ८९, थाइल्यान्डबाट ४ हजार ७९९ र दक्षिण कोरियाबाट ३ हजार ८१२ जना पर्यटक नेपाल आएका छन् । २०२४ को जनवरीमा भने ७९ हजार १०० पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्कले देखाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
881SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?