National life

पोखरामा दुुई दिन ‘ड्रागन वोट रेस’ आयोजना हुने, चार्टर्ड फ्लाइटमार्फत चिनियाँ पर्यटक पोखरा ओर्लिदै

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२५ जेठ २०८०, बिहिबार
1.1kShares
पोखरामा दुुई दिन ‘ड्रागन वोट रेस’ आयोजना हुने, चार्टर्ड फ्लाइटमार्फत चिनियाँ पर्यटक पोखरा ओर्लिदै
ncell

काठमाडौं । नेपालमा पहिलो पटक ड्रागन वोट रेस फेस्टिभलको आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकको आयोजनामा यहीँ आउँदो असार ८ र ९ गते पोखरामा उक्त ड्रागन वोट रेस फेस्टिभलको आयोजना हुने भएको हो ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आयोजक नेपाल पर्यटन बोर्डले फेस्टिभलको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै चिनीयाँ दुतावास, काठमाण्डौंका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ जिनले नेपाल र चीन बीच लामो समय देखि आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहँदै उल्लेख गर्दै यस प्रकारको कार्यक्रमले दुई देश तथा जनस्तरमा रहको सम्बनध सुमधुर हुनुका साथै नेपालको पर्यटन प्रर्वद्धन गर्न सघाउ पुग्ने बताए ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

डीसीएम वाङ जिनले यस्तो वोट फेस्टिभल ५० भन्दा बढि देश तथा क्षेत्रहरुमा आयोजना हँदै आइरहको जानकारी दिँदै नेपालमा आयोजना गरिएको यो कार्यक्रम दक्षिण एशियामै पहिलो भएको जानकारी दिए । साथै उनले यो फेस्टिवल एशियन गेममा समेत सहभागी गराइने खेल रहेको जानकारी दिए ।


कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको यस प्रकारको कार्यक्रमले समग्रमा नेपाल कै पर्यटनमा नयाँ आयाम थप्ने तथा पोखराको पर्यटलाई थप चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेको बताए । नेपाल–चीन पर्यटन विकासमा महत्वपुर्ण रहने यस्तो कार्यक्रम एकपटकका लागि मात्र नभई हरेक वर्ष निरन्तरता दिनेगरी अगाडि बढाउने सोंच समेत रहेको बताए ।
कार्यक्रमकै अवसरमा चिनियाँ पर्यटक सिधै पोखरा उतार्नेगरी चार्टर्ड फ्लाइटमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउने योजना समेत बोर्डको रहेको उनले बताए ।
‘पोखरामा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनेपनि हालसम्म अन्तर्राष्ट्रिय उडान भर्न सकेका छैनौं । यहीँ ड्रागन वोट रेस फेस्टिभलको अवसरमा पारेर पोखरा विमानस्थलमा चिनियाँ चार्टर्ड जहाज अवतरण गराउने हाम्रो योजना छ’ डा.रेग्मीले भने, ‘यसैको माध्यमबाट पोखरा विमानस्थलबाट नियमित नेपाल पोखरा उडान भर्ने योजना समेत बोर्डको छ ।’
पोखरामा अन्तरराष्ट्रिय विमानस्थल निमार्ण सम्पन्न भएको अवस्थामा यस प्रकारका कार्यक्रमले विदेशीलाई पोखरामा आमन्त्रण गर्न र विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन गर्न पनि यस कार्यक्रमले सघाउ पुग्ने अपेक्षा गरिएको सीईओ रेग्मीको भनाइ छ ।


कार्यक्रमा अवसरमा फेस्टिवलको लोगो तगथा पर्वद्धनात्मक भियियो समेत अनावारण गरिएको थियो । नेपालमा चीनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रमा सम्बन्धमा गत वैशाख २१ गते बिहीबार नेपाल पर्यटन बोर्ड र चिनीयाँ दुतावासका अधिकारी तथा पोखरा महानगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?