National life

नयाँ पर्यटन ऐन बनाइँदै, विधेयककोलागि सुझाव माग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१७ साउन २०८०, बुधबार
850Shares
नयाँ पर्यटन ऐन बनाइँदै, विधेयककोलागि सुझाव माग
ncell

काठमाडौँ । नयाँ पर्यटन ऐन बनाइने भएकाे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विधेयककोलागि सुझाव माग गरेको छ ।

पर्यटन ऐन २०३५ लाई परिमार्जन गरी नयाँ संघीय पर्यटन विधेयकको सैद्धान्तिक सहमति पाएको सुझाव माग गरेको हो ।

नेपालको संविधान बमोजिम पर्यटन सम्बन्धी कार्य संघ, प्रदेश र स्थानीय सरकारको कार्यक्षेत्र अन्तरगत रहेको पुरानो विधेयक परिमार्जन गर्नुपर्ने आवश्यक रहेको मन्त्रालयले जनाएकाे छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘नयाँ संघीय पर्यटन विधेयक तर्जुमा गर्न मन्त्रिपरिषद्‍बाट असार २६ मा सैद्धान्तिक स्वीकृति प्राप्त भई विधेयक मस्यौदा तर्जुमा कार्य शुरु भएको,’ मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले पर्यटन क्षेत्रमा संलग्न व्यवसायीहरु, पेशागत संघ संस्थाहरु, विज्ञहरु, अनुसन्धानकर्ताहरु लगायत सरोकारवाला सबैमा नयाँ संघिय पर्यटन विधेयकमा समावेश गर्न ३० दिनभित्र राय, सुझा उपलब्ध गराउन आग्रह गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
850SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?