National life
cg eloctronics

नेपालको पर्यटन प्रवर्द्धन गर्न ७ देशका टिकटक क्रिएटर नेपालमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२६ दिन अगाडि|१५ कात्तिक २०८३, आइतबार
1KShares
नेपालको पर्यटन प्रवर्द्धन गर्न ७ देशका टिकटक क्रिएटर नेपालमा
muktinatha bikash bank

काठमाडौं । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा डिजिटल माध्यमबाट प्रवर्द्धन गर्ने उद्देश्यले सात देशका ट्राभल कन्टेन्ट क्रिएटर नेपाल आइपुगेका छन्। नेपाल पर्यटन बोर्ड (एनटीबी) र टिकटकको सहकार्यमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, यूएई, बंगलादेश र श्रीलंकाका क्रिएटर नेपाल आएका हुन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले डिजिटल माध्यमबाट पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइरहेका बेला सुरु गरिएको यस अभियानले नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति र साहसिक पर्यटनलाई विश्वभर चिनाउने लक्ष्य राखेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

नेपाल आएका क्रिएटरहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमण गरी भिडियो तथा डिजिटल सामग्री निर्माण गर्नेछन्। उनीहरूले स्थानीय संस्कृति, जीवनशैली, प्राकृतिक सौन्दर्य, वन्यजन्तु, खानपान र पर्यटन गतिविधिलाई टिकटकसहित विभिन्न सामाजिक सञ्जालमार्फत विश्वभरका दर्शकमाझ पुर्‍याउनेछन्।

यस भ्रमणमा यूएई र ट्युनिसियाका तीन क्रिएटर फ्लाई दुबईमार्फत सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। अन्य क्रिएटरहरूलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो।

everest bank

बंगलादेश, श्रीलंका, ट्युनिसिया र यूएईका क्रिएटरहरूले पोखराका पर्यटकीय आकर्षण समेट्नेछन्। फ्रान्सका क्रिएटरले चितवनको वन्यजन्तु, निकुञ्ज र थारू संस्कृति तथा पोर्चुगल र दक्षिण कोरियाका क्रिएटरले बर्दियाको प्राकृतिक वातावरण र समुदायमा आधारित पर्यटनलाई प्राथमिकता दिनेछन्।

नेपाल पर्यटन बोर्ड र टिकटकबीच नेपालको पर्यटन विश्वव्यापी रूपमा प्रवर्द्धन गर्न सन् २०२५ अगस्ट १९ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो। सोही सहकार्यअन्तर्गत ‘#LifetimeExperiences’ अभियान सञ्चालन गरिएको हो।

बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार अन्तर्राष्ट्रिय तथा नेपाली कन्टेन्ट क्रिएटरलाई नेपालका विभिन्न गन्तव्यको अनुभव गराएर डिजिटल सामग्री उत्पादन गर्न प्रोत्साहित गरिँदै आएको छ। यस सहकार्यलाई प्रभावकारी बनाउन सन् २०२६ मा पनि अभियानलाई निरन्तरता दिइएको उनले बताए।

यसअघि गत जुन २४ देखि २६ सम्म काठमाडौंमा बोर्ड र टिकटकको संयुक्त आयोजनामा ट्राभल कन्टेन्ट क्रिएसनसम्बन्धी तीनदिने कार्यशाला आयोजना गरिएको थियो।

टिकटकजस्ता डिजिटल प्लेटफर्ममार्फत नेपालको पर्यटनको प्रचार गर्दा अन्तर्राष्ट्रिय दर्शकमाझ नयाँ गन्तव्यको पहिचान विस्तार हुनुका साथै विदेशी पर्यटक आकर्षित गर्न सहयोग पुग्ने बोर्डको अपेक्षा छ। यसबाट पोखरा, चितवन र बर्दियाका पर्यटन व्यवसाय तथा स्थानीय समुदायले समेत लाभ लिन सक्ने विश्वास गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?