National life

लयमा फर्कियो पर्यटन व्यवसाय, अगस्त महिनासम्म सात लाख बढीले गरे नेपाल भ्रमण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० भदौ २०८१, बिहिबार
1.6kShares
लयमा फर्कियो पर्यटन व्यवसाय, अगस्त महिनासम्म सात लाख बढीले गरे नेपाल भ्रमण
ncell

काठमाडौँ । नेपाल आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । सन् २०२४ को आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। पर्यटन बोर्डको तथ्याङ्कअनुसार जनवरीदेखि अगस्त महिनासम्म सात लाख २० हजार तीन सय ३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन्।

बोर्डकानुसार अगस्त महिनामा विदेशी पर्यटकको आगमन ८ दशमलव तीन प्रतिशतले बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त महिनामा ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका छन्। सन् २०२३ को अगस्तको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार पाँच सय ६६ बढी पर्यटक नेपाल भित्रिएका हुन्।

२०२३ मा कुल ६७ हजार एक सय ५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार सात सय १९ पर्यटक नेपाल भित्रिएका छन्। पछिल्ला दिनमा विदेशी पर्यटक आवागमनमा वृद्धि भइरहेको बोर्डको भनाई छ ।

बोर्डको आँकडा अनुसार अगष्ट महिनामा भारतबाट सबैभन्दा बढी २५ हजार आठ सय ३२, चीनबाट छ हजार छ सय १४, अमेरिकाबाट पाँच हजार छ सय १४, श्रीलङ्काबाट चार हजार आठ सय ५१ र बङ्गलादेशबाट तीन हजार ७७ पर्यटक नेपाल भित्रिएका छन्।

कुन महिनामा कति पर्यटक

मार्च महिनामा सबैभन्दा बढी एक लाख ११ हजार तीन सय ७६ पर्यटक आएका छन् भने सबैभन्दा कम जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका छन्। अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६, जनवरीमा ७९ हजार एक सय, फेब्रअरीमा ९७ हजार चार सय २६, मेमा ९० हजार दुई सय ११, जुनमा ७६ हजार सात सय ३६ र अगस्तमा ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका छन्।

सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८५ पर्यटकले नेपाल भ्रमण गरेका थिए। सरकारले चालु आर्थिक वर्षको बजेटमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्यटन रणनीति योजना (सन् २०१६-२५) र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याएर यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको हो।

पर्यटकीय गन्तव्यको विकास, विस्तार तथा पहिचान, पदमार्ग निर्माण, पर्यटकीय उपजका बारेमा स्वदेश तथा विदेशमा प्रचारप्रसार तथा प्रवर्द्धनात्मक कार्यक्रम निरन्तर हुँदै आएको मन्त्रालयले जनाएको छ। कोरोना महामारीपछि विदेशी पर्यटक आगमन निरन्तर बढिरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?