National life

नौ महिनामा साढे १० खर्ब व्यापार घाटा व्यहोर्दै देश, मासिक सवा खर्ब बढी घाटामा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ वैशाख २०८१, आइतबार
612Shares
नौ महिनामा साढे १० खर्ब व्यापार घाटा व्यहोर्दै देश, मासिक सवा खर्ब बढी घाटामा
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिना अर्थात् चैत मसान्तसम्ममा नेपालले ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार उक्त आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.८४ प्रतिशत कमी हो ।

गत वर्ष १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो ।यता, चैत मसान्तसम्ममा निर्यात भने १ खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपैयाँ बराबर मात्र रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जुन गत वर्षको सोही अवधिको १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँको तुलनामा ३.६६ प्रतिशत कम हो ।

यता चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा निर्यात ३.६६ प्रतिशतले घटेको छ । चैतसम्ममा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ८.८९ प्रतिशत रहेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

गत वर्षको तुलनामा आयातको हिस्सा ०.०७ प्रतिशत विन्दुले बढेको हो भने निर्यातको हिस्सा ०.७५ प्रतिशत विन्दुले घटेको छ । यस अवधिमा मुलुकको कुल व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख रुपैयाँ बराबर रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
612SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?