काठमाडौं । पर्यटन व्यवसायी बसन्तराज मिश्रको ७३ वर्षको उमेरमा निधन भएको छ ।
डेंगु संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना भएका मिश्रको उपचारकै क्रममा आइतबार बिहान निधन भएको परिवारिक स्रोतले जनाएको छ ।
साढे पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न मिश्र वन्यजन्तु पर्यटन विकासमा बढी सक्रिय थिए । चार दशकअघि भेन्चर ट्राभल स्थापना गरेका मिश्रका नवलपरासीमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट, भेन्चर ट्राभल, ठमेलमा अपार्टमेन्ट लगायत व्यवसाय रहेका छन् ।
उनको आज नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । मिश्रका श्रीमती सहित एक छोरा र एक छोरी छन् ।


































