National life

ठमेल पर्यटन विकास परिषद्को चुनाव: राजुमानको प्यानलले जित्ने सम्भावना

डंगोल समूहको जित्ने सम्भावना निकै प्रवल देखिएको विश्लेषकहरूको ठहर छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२४ असार २०८३, बुधबार
2.7kShares
ठमेल पर्यटन विकास परिषद्को चुनाव: राजुमानको प्यानलले जित्ने सम्भावना
ncell

काठमाडौं । आम व्यवसायी र ठमेल पर्यटन विकास परिषद्को २०२६ को चुनावको क्रममा पर्यटन व्यवसायी राजुमान डंगोलको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको संयुक्त प्यानलले आफ्नो बलियो उपस्थिति देखाएको छ।

आम व्यवसायी र मतदाताहरू माझ लोकप्रिय, कर्मठ र समावेशी अनुहारहरू समेटिएका कारण यस पटक डंगोल समूहको जित्ने सम्भावना निकै प्रवल देखिएको विश्लेषकहरूको ठहर छ।

ठमेलको समग्र विकास, व्यवसायीहरूको हकहित र पर्यटन प्रवर्द्धनका एजेन्डाहरू स्पष्ट रूपमा अघि सारेकाले पनि यो समूह अन्यभन्दा बलियो प्रतिस्पर्धीका रूपमा खडा भएको हो।

यस समावेशी प्यानलबाट विभिन्न महत्त्वपूर्ण पदहरूमा कुशल र अनुभवी व्यवसायीहरूले उम्मेदवारी दिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चुनावी मैदानमा उत्रिएका पदाधिकारीहरूमा अध्यक्ष: राजु मान डंगोल, प्रथम उपाध्यक्ष: राजीव पाण्डे, द्वितीय उपाध्यक्ष: दावाङ तामाङ (दावा), तृतीय उपाध्यक्ष: चेत नाथ पुडासैनी (दिपक), महासचिव: पशुपति कंडेल,सचिव: दिलिप कंडेल (मिलन), कोषाध्यक्ष: किन्चु लामु भुटिया (श्रेष्ठ) रहेका छन्।

यस्तै, कार्यसमिति सदस्यका उम्मेदवारहरूमा सुरेन्द्र डंगोल, सानुकाजी महर्जन, वालकृष्ण खनाल, रोशन प्रधान (श्रेष्ठ), विश्वमान प्रधान, लिजा मानन्धर, कृष्ण बहादुर सेढाई, चन्द्रा तामाङ रहेका छन्।

व्यवसायिक सुरक्षा, पारदर्शी प्रणाली र सामूहिक नेतृत्वलाई आफ्नो मुख्य आधार बनाएको राजुमान डंगोल समूहले ठमेलका रैथाने तथा नवीन व्यवसायी दुवै पक्षको ठूलो भरोसा जित्न सफल भएको छ। यही जनलहर र बलियो टिमका कारण आसन्न निर्वाचनमा यो प्यानलले शानदार विजय हासिल गर्ने अनुमान गरिएको छ।

समूहलाई थप सन्तुलित र मजबुत बनाउन प्यानलमा ठमेल क्षेत्रका प्रतिष्ठित र सक्रिय व्यक्तित्वहरूलाई समावेश गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
2.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?