काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै आज शाखा प्रमुख पदमा विभिन्न १२ स्थानका लागि कर्मचारी माग गरेको हो ।
न्युनतम स्नातक वा सो सरह योग्यता भएका ब्यक्तिले उक्त पदको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
आवेदन दिने अन्तिम मिति पुष २२ गतेसम्म तोकिएको छ ।

































