National life

बाढीले राजमार्गमा मात्रै दुई अर्ब बढीको क्षति, बाटो नखुले टिकटको पैसा फिर्ता गर्छौ: महासंघ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ असोज २०८१, सोमबार
779Shares
बाढीले राजमार्गमा मात्रै दुई अर्ब बढीको क्षति, बाटो नखुले टिकटको पैसा फिर्ता गर्छौ: महासंघ
ncell

काठमाडौँ । यातायात व्यवस्था विभागले खुल्ला भएको अग्रिम टिकट बुकिङ निरन्तर हुने जानकारी दिएको छ। विभागका निर्देशक एवं सूचना अधिकारी ईश्वरीदत्त पनेरु मौसममा क्रमिक सुधार भएकाले अब यातायात सञ्चालन हुने बताएका छन् ।

टिकट खुलेकै दिन गत शनिवार मध्यान्हसम्म वर्षाका कारण राजधानीलगायत मुलुकभरका विभिन्न क्षेत्रमा यातायात अवरुद्ध भएको छ । शनिवार साँझबाट काठमाडौँलगायत अन्य क्षेत्रहरूमा वर्षा रोकिएर केही सहज महसुस भए पनि यातायात चल्ने छाँटकाँट अझै देखिएको छैन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सोमबार बिहानसम्म आउँदा धेरै अवरुद्ध राजमार्गहरू खुला भएका छन् । संघ र प्रदेश सरकारहरूले अवरुद्ध सडक खुलाउन निरन्तर पहल गरेको छ । सरकार उद्धार र राहतकै काममा व्यस्त छ। केही राजमार्गमा भने तत्काल सडक सुचारु हुने सम्भावना न्यून देखिएको छ ।

दशैं मुखैमा आएको छ बाटोको पुरापुर खुल्न सकेको छैन । धेरैले अग्रिम टिकट लिई सकेको अवस्था छ यदि सडक नै खुलेन वा जान सक्ने अवस्था नै बनेन भने यहाँहरूको भूमिका कस्तो रहन्छ भन्ने हाम्रो प्रश्नमा सूचना अधिकारी पनेरुले भने त्यो हामीले मात्रै हैन यात्रुले समेत सोचिरहेको विषय हो । यसद्यी सडक नै खुल्दै खुलेन कुनै विकल्प नै भएन भने त टिकट बापतको पैसा फिर्ता नै गर्छौ ।

राजमार्गहरू खुला हुँदै गएको अवस्था छ । सरकार निरन्तर राजमार्गहरू खुलाउने प्रयासमा प्रयासरत छन् टिकटको पैसा फिर्ता गर्ने विषय मुख्य होइन चार्ड वाडको समयमा धेरैले आफ्नो घरपरिवारसम्म जान पाए हुने भन्ने छ । यस्तो बेला हामीले पनि गुमाएको ठुलो क्षतिलाई यथावट गर्दै सकेसम्मको प्रयासहरू अवलम्बन गरिरहेका छौ । मौषमा सुधार देखिएको छ । आशा गछौ हामी सबैको निराशा आशामा बढलिने छ । पनेरुले विश्वास थप गर्दै भने  ।

पछिल्लो वर्षाका कारण आएको बाढी पहिरोले राष्ट्रिय राजमार्गमा दुई अर्ब ५२ करोड रुपैयाँ बराबरको क्षति भएको छ। सडकतर्फ एक अर्ब ५० करोड र पुलतर्फ एक अर्ब दुई करोड रुपैयाँ बराबरको क्षति भएको सडक विभागले जनाएको छ । बाढीले विभिन्न राजमार्गका ६ वटा पुल बगाएको छ । बाढीले बर्दिबास–सिन्धुली–धुलिखेल सडक (बिपी राजमार्ग) को १४ सय मिटर सडक खण्ड बगाएको छ । विभिन्न ठाउँमा गरेर त्यस बराबरको सडक बाढीले बगाएको मन्त्रालयको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
779SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?