काठमाडौं। आजदेखि बेष्ट फाइनान्स कम्पनी लिमिटेडको तीन लाख ५६ हजार ७४.५७ कित्ता अवितरित संस्थापक (हकप्रद) शेयरमा लिलामी खुलेको छ।
उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय रुपैयाँ रहेको छ भने यो शेयर जोकोही व्यक्ति, कम्पनी सबैले किन्न पाउने छन्। शेयर खरिदका लागि आवेदन दिँदा घटीमा एक हजार र बढीमा सबै कित्ताका लागि आवेदन दिन पाइनेछ।
आवेदन असार ११ गते बैंकिङ्ग समयसम्म मात्र दिन मिल्नेछ । आवेदन फाराम कम्पनीको केन्द्रीय कार्यालय र कमलादी, मिलनचोक, अमरपथ, नेपालगंज, घोराही, इटहरी, नारायणगढ, वीरगंज र न्यूरोड शाखाका साथै ग्लोबल आइएमई बैंकको विरेन्द्रनगर र धनगढी शाखामा पेश गर्न सकिनेछ ।

































