काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्मम ७ करोड ९४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।
सोमबार लघुवित्तको ६२ लाख ८३ हजार ५७३.३७ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएपश्चात बनेको मातृभूमि लघुवित्तको शेयर नेप्सेमा सूचीकृत भएको छ।
सूचीकरणपश्चात लघुवित्तको पहिलो कारोबारका लागि नेप्सेले १ हजार २७८ रुपैयाँ ३९ पैसाको ओपनिङ्ग प्राइस दिएको छ।


































