National life

यी तीन कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० पुस २०८१, बुधबार
779Shares
यी तीन कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
ncell

काठमाडौं । भोलि बिहीबार सिद्धार्थ बैंक, सर्वोत्तम सिमेन्ट र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को लाभांश सुरक्षित गर्ने अन्तिम दिन तोकेका छन् ।

सर्वोत्तम सिमेन्ट र एचआईडीसीएलले पुस १२ गते र सिद्धार्थ बैंकले १४ गते बुक क्लोज गर्ने निर्णय गरेपनि सो दिन शुक्रबार र शनिबार परेकाले नेप्से बन्द रहने भएकोले भोली अन्तिम दिन भएको हो । यसैबीच सिद्धार्थ बैंकले चुक्ता पूँजीको ४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ । जसका लागि प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारणसभा बस्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै सर्वोत्तम सिमेन्टले चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ । सर्बोत्तमले प्रस्तावित लाभांश पारित गर्न पुस २६ गतेको लागि साधारण सभा बोलाएको छ ।

यता एचआईडीसीएलले पनि चुक्ता पूँजीको ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । यस कम्पनीले घोषित लाभांश पारित गर्न पुस २४ गते साधारण सभा बोलाएको छ।

यो समाचार शेयर गर्नुहोस्
779SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?